Aamsanchar

रातेखालमा जापानीजले बनाई दिए आकियो स्मृति सदन

Author Image
सोमवार, मंसिर २, २०७६

अर्जुनधारा २ मंसीर । झापाको अर्जुनधारा–४ स्थित रातेखालमा जापानको आकियो स्मृति सदनको आर्थिक सहयोग तथा धनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीको समन्वयमा ४ कोठे भवन निर्माण भएको छ । कोतारो इनोउए र योसिरो इनोउएका भाई आकियोको सम्झनामा सो भवन निर्माण गरिएको सोमवार भवनको उद्घाटन गर्दै जानकारी दिइयो ।

४९ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन ५ महिनाको अवधिमा सम्पन्न भएको थियो । नवदुर्गा आधरभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकिय प्रमुख पंकज भुर्तेललगायतको उपस्थिति रहेको थियो । स्वागत बिद्यालयका प्रध्यापअध्यापक रुद्रप्रसाद खतिवडाले गरेको कार्यक्रमलाई शिक्षक तोयानाथ ओलीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर