Aamsanchar

पर्यटनमा झापा अघी बढदै, झापामा एसियाकै नमूना अत्याधुनिक पार्क बन्ने

Author Image
सोमवार, मंसिर २, २०७६

प्रतिकात्मक तस्वीर

झापा । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ ।

दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको जानकारी पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले दिनुभएको हो । चर्चित् उद्योगी तथा व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ ।

पार्क निर्माण गर्ने समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेताहरु हुनुहुन्छ । दमकका अग्रज नेताहरु गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानुन मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता गणेश बस्नेत लगायतको लगानीमा पार्क बन्न लागेको हो । नेताहरुले भने पार्कमा रकम लगानी नगरेर आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लागेको हो ।
‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’– व्यवसायी सुमार्गीले भने । उनका अनुसार पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ । पिपिपी मोडलमा सरकारी र निजी लगानीमा बन्न लागेको यो पहिलो फन पार्क हो । यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताए ।

प्रतिकात्मक तस्वीर

‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने हाम्रो लक्ष्य छ’– सुमार्गीले बताउनुभयो । फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण एक नम्बर प्रदेशको अर्थतन्त्रलाई धेरै माथि उठाउने छ ।

पार्कको मोडल हेर्न प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीका स्वकीय सचिव, नेता गगन पुरी र निर्माण व्यवसायी गणेश बस्नेत र उद्योगी अजेयराज सुमार्गीले सिंगापुर, दुबई तथा मलेसियाको भ्रमण गरिकेको छ । ‘हामी विश्व स्तरीय फन पार्क बनाउँदैछौं’– सुमार्गीले भने ।

पार्क निर्माणको संयोजन केन्द्रीय स्तरमा सुमार्गी र इन्द्र भण्डारीले तथा स्थानीय गगन पुरी र देवेन्द्र दाहालले गरिरहेकका छन।  पार्क निर्माण सम्बन्धी छलफल गर्न तथा निर्माण स्थल अवलोकन गर्न उद्योगी सुमार्गी दुई पटक दमक आई सकेका छन ।  पार्क निर्माण गर्न उपयुक्त देखिएपछि पार्कको डिपिआर तिब्र गतिमा बनिरहेको समाजसेवी सुमार्गीले बताए ।

पार्कको शिलान्यास नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको छ । ‘हामी चाँडै नै शिलान्यासको अवस्थामा पुग्दैछौं, आउँदो माघ महिनाभित्र शिलान्यास गर्नेछौं । यसकालागि झापा सहित सम्पूर्ण १ नम्बर प्रदेशका जनताको साथ र सहयोगको अपेक्षा गर्दछौं’ सुमार्गीले भने । सरल पत्रिकाबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर