२०२५ साल सम्म पनि काठमाण्डौमा पत्रपत्रिकाको त्यति सहजता र सुलभता थिएन । मुख्य रुपमा नयां सडक, बाङ्गे मुढा आदि सीमित स्थानहरुमा थोरै मात्र पत्रिकाहरु देखिन्थे । त्यस बखतमा म भर्खर कलेजमा भर्ना भएको हुंदा पत्रिका तीरको अध्ययन छंदै थिएन भने पनि हुन्थ्यो । त्यस बेलामा हामी जस्ता गाउंबाट आएका बिद्यार्थिले पढ्ने भनेको गोरखापत्र नै थियो ।
अरु पत्रिकाहरु भएपनि हामीजस्ता बिद्यार्थिको रोजाई गोरखापत्रनै थियो । गोरखापत्र कतै देखियो भने नजर त्यतैतिर जान्थ्यो पढ्नको लागि । बिद्यार्थि भएको हुंदा खर्चमा किफायत गर्नु पर्ने बाध्यता हुन्थ्यो । पत्रिका किनेर पढ्ने कार्य बीरलै हुन्थ्यो । अर्को कुरा त्यस समयमा जति पत्रपत्रिका निस्किएका हुन्थे ती सबैलेनै सरकारका नकारात्मक गतिबिधि बारे त्यति खुलेर लेख्न सकेका हुंदैनथे पनि ।
गाउ घरमा कुनै खबरको जानकारी सम्म रेडियो नेपालले प्रशारण गरेको समाचार बाट हुन्थ्यो । तर त्यो पूर्णता हुंदैनथ्यो । २०२५ सालको एस् एल् सि को नतिजा निस्कियो भनेर रेडियो नेपाल बाट समाचार प्रशारण भयो । उत्तिर्ण भईयोकि भईएन भनी जानकारी पाउने कुनै पनि संचार माध्यम थिएनन् । गोरखा देखि काठमाण्डौ को जानकारी पाउन कित हुलाक बाट चिठी पठाउनु पथ्र्यो , कित आकाशबाणी प्रयोग गर्नु पर्ने दुई वटा मात्र उपाय थिए ।
आकाशबाणि पनि जिल्ला सदर मुकाममा मात्र भएको हुंदा खबर पाउन र पठाउन कठिन नै थियो । गाउंका दूरदराजमा बस्नेहरुको लागि यी माध्यम नत सहज थिए नत किफायती नै । त्यसैले त्यसबेलाका संचार माध्यम सर्बसुलभ एबं नागरिक मुखी थिएनन् । ती केवल सरकारी काम कुराको लागि मात्र स्थापना गरीएका हुन्कि जस्ता देखिन्थे ।
माथि मैले उल्लेख गर्नुको आशय पहिलेको हाम्रो संचार जगत र अहिलेको संचार जगतको पृथकता छुट्याई तुलनात्मक अध्ययन गर्ने उद्देश्यको लागि मात्र हो । अहिले हामी यस क्षेत्रमा धेरै अगाडि बढि सकेका छौं । अहिले एसएलसिको नतिजा हेर्नको लागि मात्र हप्ता पन्ध्र दिन कुर्नु पदैन । छिनभरमानै दुर्गम अनकण्टार क्षेत्रमा बस्ने बिद्यार्थिले समेत आफ्नो नतिजा हेर्न सक्ने सुबिधा पाई सकेका छन् ।
पहिलेको समयमा जस्तो अहिले कहिले गोरखापत्र आउला, कहां पाईएला भनेर प्रतिक्षा गर्नु पर्ने स्थिति छैन । सस्तो, सुलभ र सहज किसिम बाट मोबाईल प्राप्त गर्न सक्ने अबस्था भएको हुंदा आजकल हामी सबैको हात हातमा मोबाईल पुगेको छ । तुरुन्तै हरेक कुराको जानकारी लिन सकिने बाताबरणको श्रृजना भएको छ । पहिले एउटा गोरखापत्रले मात्र नतिजा निकालेको हुन्थ्यो भने अहिले धेरै निजी पत्रिकाहरुले निकालेका हुन्छन् । बिभिन्न किसिमका जानकारी प्रकाशित गरेर नागरिकहरुलाई सुसूचित गराउने कार्य आजभोली हाम्रा संचार माध्यमहरुले निर्भयका साथ गरी आएकै छन् ।
केही बर्ष अघि मात्र गोरखापत्र र राईजिङ् नेपालको आधिपत्य भएकोमा अहिले हामीकहां अनगिन्ति पत्रिकाहरु छ्याप् छ्याप्ती भएका छन् । प्रतिष्पर्धात्मक बाताबरणले गर्दा गोरखापत्र र राईजिङ् नेपाल कमजोर हुन पुगेका छन् । यिनीहरुको क्षेत्र खुम्चिएको जस्तो भएको छ । त्यतिको पहुंच नदेखिएपनि सरकारी निकायहरुमा भने सहज रुपमा देखिने गरेका छन् । जुन पत्रिकाले छिटो छरितो र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सक्यो उसैले बजार ओगट्न सक्ने र उसैको भूमिका प्रभाबकारी हुने हुंदा आजका हाम्रा मिडियाहरु त्यस तर्फ अग्रसर हुंदै आउनु आम नेपालीको लागि खुशीको कुरा हो ।
अहिलेको हाम्रो समाजमा संचार माध्यम यति प्रभाबशाली र प्रबल भएका छन् कि जति सुकै शक्तिसालीहरुलाई पनि घुंडा टेकाएकै देखिन्छन् । देशमा घटेका हालैका बिभिन्न घटनाक्रमहरु बाट पनि यो कुरा पुष्टि भएको पाईन्छ । सत्ता पक्षलाई मात्तिन नदिने, प्रतिपक्षलाई बिरोधको लागि बिरोध गर्न नहुने ,आम नागरिकले सत्य तथ्यको पहिचान गर्नु पर्ने जस्ता आधारभूत बिषय बारे सूचना प्रबाह गर्ने माध्यम बिभिन्न सन्चार माध्यमहरुनै भएका छन् ।
संचार माध्यमको भूमिका यति प्रभााबकारी र सशक्त छकि दार्चुलाको लिप्पीयाधुरा वा कालापानी को बिषयमा होस् वा ओलाङ्चुङ् गोलाको सीमास्तम्भको बिषय होस् वा कोशी, गण्डक, महाकाली, पन्चेश्वरको बिषय होस्, सन्चार माध्यमहरुले कुरो नउठाएको भए, देशको अबस्था कति नाजुक हुंदो हो हामी आफै कल्पना गर्न सक्दछौं । त्यस्तै गरी भारतले नाकाबन्दी लगाएको अबस्था, सीमाना गायब भएका बिषय, चोरी निकासीका बिषय, हत्या अपहरणका बिषय, बलात्कारका बिषय, भ्रष्टाचारका बिषय, सरकारी कामकारबाहीमा भएका ढिलासुस्तीका बिषय, सत्ता,प्रतिपक्ष, दल, न्यायालय, संसद आदिका बिषयमा आम सन्चार माध्यमहरुले सशक्त रुपमा नागरिकहरुलाई सूचना प्रक्षेपण गरेका हुनाले नै आम नेपाली सचेत भई निगरानी ंगर्न सम्भब हुन गएको छ । बंगलादेशमा अध्ययन गर्ने छात्राहरुले आफ्नो प्रमाणपत्र लिनको लागि आफ्नो अष्मिता बेच्न बाध्य हुनु पर्दछ भनेको कारण बाट एक मन्त्रीले मन्त्री पद नै गुमाउनु परेको र १।२ बर्ष अघि त्यस्तै अर्का मन्त्रीले असार १५मा रोपाई गर्दा एक महिलालाई दुब्र्यबहार गरेको कारण बाट उनीले पनि पद त्याग्नु परेका दृष्टान्तहरु ताजानै छन् । यदि सन्चार माध्यम प्रभाबकारी एबं क्रियाशील नभएका भए सायदनै यी घटनाहरु प्रकाशमा आउंथे होलान् ।
आम सन्चार माध्यमलाई सहयोग पुर्याउंदै आएको नागरिक समाजको भूमिकालाई पनि कम आकलन गर्न सकिदैन । जब सन्चार माध्यमले सूचना प्रबाह गर्दछन्, अनि नागरिक समाजले सशक्त रुपमा आबाज उठाई सम्बन्धित पक्षलाई बाटो बिराउन बाट रोक्न पुग्दछन् । सरकार, प्रतिपक्ष, बिभिन्न दल र अन्य निकायहरुको गलत क्रियाकलापलाई समयमानै सुधार्ने तर्फ संचार माध्यम र नागरिक समाजले प्रभाबकारी भूमिका खेलेकै हुनाले कुनै त्यस्तो अप्रिय घटना हुन सकेको छैन । अतः देशलाई जोगाउने काम बिभिन्न सन्चार माध्यमहरुले गरी आएका छन् भन्दा अत्युक्ति नहोला ।
बर्तमान अबस्थामा आम नागरिक र आम सन्चार एक आपसमा परिपूरक जस्ता हुन पुगेका छन् । हालका घटनाहरुले पनि यस कुरालाई पुष्टि गरी आएका छन् ।
नागरिकले देख्न र बोल्न नसक्ने कुराहरुलाई सन्चार जगतले उजागर गरी दिनाले नागरिकहरुले आफ्ना अधिकारहरु उपभोग गर्न सहज हुन गएको छ । उच्च तहमा आसिन ब्यक्तित्वहरुको गतिबिधि र कामकारबाही बारे हामीहरुले थाहा पाएकै छौं । कुन मानिस कस्तो छ र बिगतमा उनीहरुले गरेका कार्यहरुको लेखाजोखा गर्ने हो भने हाम्रा न्यायिक, प्रशासनिक, संबैधानिक तथा अन्य क्षेत्रहरुका बेथितिहरु छताछुल्ल भएका देखिन्छन् । यसरी नागरिकहरुलाई सुसूचित गराई जानकारी गराउने कार्य आम सन्चार माध्यमहरुले गर्दै आएको परिप्रेक्षमा यिनीहरुको भूमिकालाई नकार्न सकिदैन ।
सन्चार माध्यम सशक्त भएको कारणले गर्दानै आम नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छन् र माथिल्लो तहका पदाधिकारी समेत कुमार्ग तीर लाग्न बाट सचेत भएका छन् । हामीहरुलाई थाहा भएकै हो पत्रकार भन्ना साथ कतिपय पदाधिकारीहरु आफ्नो बिरुध्द एबं कमीकमजोरी बारे केही लेखि दिनेपो हुन्की भनी पहिले नै सतर्क भई आफ्ना काम कारबाहीका बिषय बाट सेबा ग्राही असंतुष्ट नहुन् भन्ने सकारात्मक दृष्टिकोणको पनि बिकास भएको देखिन्छ ।
गुप्त र छदम् भेषका रुपमा रहेका कतिपय संबेदनशील बिषयहरुमा समेत संचार जगतले आबाज उठाई दिएका हुनाले संचार जगत प्रति आम नागरिकको बिश्वास बढ्दै गएको छ ।
हालै मात्र न्यायमूर्तिहरुको आचरण, योग्यताको प्रमाण पत्र, उमेरका प्रमाण, बिगतमा भएका बिबादस्पद न्यायिक फैसलाका बिषयहरुमा आम संचार माध्यमहरुले गरेका टिका टिप्पणी र आलोचनाहरुले पनि सार्बभौम नागरिक प्रति उनीहरु कति जिम्मेवार रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ । यस्ता संबेदनशील बिषयहरु सबै सार्बभौम सत्ता नागरिकलाई थाहा नहुने र थाहा हुनेहरु पनि तैं चुप मै चुप हुने हुंदा बाहिर प्रकाशमा आउने गरेका रहेनछन् भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर अब हाम्रो सन्चार जगत परिपक्क र प्रभाबकारी दीशातिर उन्मुख भएको हुनाले आशाबादि हुने मार्ग प्रशस्त भएको छ । अहिले नै उजागर भईरहेका घटनाक्रमले पनि यो प्रमाणित गरीसकेको छ ।
संघीयताको कार्यान्वयन संग संगै सेबाग्राहीहरुलाई सुसुचित गराउनको लागि स्थानीय तहमा ईन्टरनेटको पहुच पुर्याउंदै आएको पाईन्छ । कुनैपनि स्थानीय निकायको वेभ साईट हेरीयो भने के कस्ता सेबा उपलब्ध हुन्छन् र कहिले सम्म प्राप्त गर्न सकिन्छ, प्राप्त गरे बापत के कति सेबा शुल्क तिर्नु पर्ने कुरा सेबाग्राहीले सहजै जानकारी लिन सक्ने हुंदा समय र लागतको किफायत हुन सक्दछ । यसरी संचार माध्यमले नागरिकलाई प्रत्यक्ष्य रुपमा सहयोग पुर्याउंदै आएको देखिन्छ ।
पहिलेको शासन ब्यबस्थामा संचार माध्यमहरु त्यति सशक्त एबं प्रभाबकारी हुन सकेका थिएनन् । जेजति थिए तिनीहरु पनि सरकारका मुखपत्र जस्ता देखिन्थे । तर अहिलेकोे अबस्था त्यस्तो छैन । ईन्टरनेट, ईमेल, युटुब, फेसबुक, मेसेन्जर जस्ता अनगिन्ति माध्यमहरुले सबै नागरिकलाई सहयोग पुरयाउंदै आएका छन् । अझ आजकलत अनलाईन पत्रिकाहरुले छिनका छिन समाचार एबं घटनाहरु सम्प्रेषण गर्ने हुंदा हाम्रा सन्चार माध्यमहरुलाई धन्यबाद दिनुनै पर्ने हुन आउंछ ।
अन्त्यमा,
बिद्युतीय सन्चार माध्यमको कारणले गर्दा बिश्वनै खुम्चिएर सानो हुन पुगेको छ । बिश्वको कुनै पनि कुनामा घटेका घटना बाट हामी अनभिग्य हुन सक्दैनौ । त्यसै कारणले गर्दा पनि नेपालमा आम सन्चारको प्रगतिलाई सकारात्मक रुपमा लिनु पर्ने हुन आउंछ । सन्चार माध्यमले खेलेको भूमिकालाई हामी सबैले सराहना गर्नै पर्दछ ।