Aamsanchar

पर्यटकलाई लक्षित गरेर कन्याममा होटल ग्रीन कार्पेट उदघाटन

Author Image
शुक्रवार, मंसिर ६, २०७६

कन्याम ६ मंसीर । भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका–६ स्थित कन्याममा होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ ।
युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । शुक्रवार प्रदेशसभा सदस्य काजिमान कागतेले होटलको उद्घाटन गरेका थिए । होटल उद्घाटन गर्दै कागतेले कन्याममा ५० लाखदेखि १२ करोडसम्म लगानीमा होटल सञ्चालन रहेको जानकारी दिए । ‘इलाममा आउने पर्यटकले धेरै कुरा सिक्ने र लिएर जाने गर्छन्’ प्रदेशसभा सदस्य कागतेले भने ‘ इलामको कन्याममा पर्यटकको धेरै सम्भावना छ ।’ भारतको दार्जिलिङ, खर्साङ र झापालाई लक्षित गरी कन्याममा रात्री पर्यटन बनाउनु पर्नेमा उनले जोड दिए ।

होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटल सञ्चालक गिरीले बताए । होटलमा लोकल कुखुराको मासु, अर्गानिक सागशव्जी, सुकुटी, सेकुवा र क्याम फायरको व्यवस्था भएको उनले जानकारी दिए ।

शान्त वातारणमा सञ्चालनमा आएको होटलदेखि माथिको लभडाँडाबाट सूर्योदय दृष्यलोकन साथै नेपालकाको सन्दकपुर, कन्चनजंघा हिमाल, जौवारी, मेग्मागुम्वा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का, आइतवारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल गुमपहाड, सिलीगुडी लगायतका स्थानको दृश्यलोकन गर्न सकिने कन्याम भिलेज कटेज सञ्चालक टेकराज गिरीले बताए ।

उनले संघीय सरकारले भ्रमणवर्ष २०२० मा घुम्नै पर्ने नेपालका एकसय गन्तव्य मध्य इलामको कन्याम, फिकल, श्री अन्तु सर्किटलाई समावेश गरेको बताए ।  उद्घाटन कार्यक्रममा व्यवसायी पदमबहादुर पुरी (प्रकाश), समाजसेवी डम्वर कटुवाल, वेदप्रसाद गिरीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर