Aamsanchar

नक्साप्रति विरोध जनाउँदै भारतलाई नेपालले पठायो कूटनीतिक नोट

Author Image
शनिवार, मंसिर ७, २०७६

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध कूटनीतिक नोट पठाएर भारतसमक्ष विरोध जनाएको हो ।

परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको नोटमा भारतद्वारा जारी पछिल्लो नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको कान्तिपुरले लेखेको छ ।

भारतको गृहमन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रष्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार कायम हुनुपर्ने दाबी गर्दै आएको छ । 

कान्तिपुरमा समाचार छ 

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर