सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान समितिले धाम क्षेत्रमा स्टल बनाएरै आर्थिक संकलन गरिरहेको पाइएको छ ।
संस्थाले कानुनी प्रक्रिया पुरा नगरी काम गरिरहेको आरोप लागेको छ । १० वर्षदेखि धाम विकास समितिले हालसम्म साधरणसभा पनि नगरे पछि जिल्ला प्रशासन कार्यालय झापालाई जानकारी गराइएको थियो । विभिन्न मुद्दाले सताक्षीधाम मन्दिर विकास समिति यतिबेला चरम विवादमा परेको छ । प्रशासनले आर्थिक संकलन नगर्न समितिलाई पत्राचार गरेको थियो भने इलाका प्रहरी कार्यालय झिलझिलेलाई समेत जानकारी गराएको थियो । शिवसताक्षी नगरपालिकाले समेत कुनै किसिमको आर्थिक संकलन नगर्न समितिलाई भनेको थियो ।
सताक्षीधाम मन्दिर बिकास समितिको ०६७ साल पौस १७ निर्वाचन भएको थियो । निर्वाचनबाट स्थानीय प्रसाद सुब्बा अध्यक्षमा निर्वाचित भएका थिए ।
सताक्षीधाम मन्दिर विकास समिति स्वायत्त गैह्र सरकारी संस्था भए पनि यसको नविवरण केहि वर्ष देखि भएको छैन । गैह्र सरकारी संस्थाले सरकारलाई वार्षिक कर भुक्तानी गर्नुपर्छ । तर, सताक्षीधाम मन्दिर विकास समितिले सरकारलाई कर समेत भुक्तानी नगरेको समिति कै एक सदस्यले बताए । अध्यक्ष प्रसाद सुब्बा नेतृत्वको समुह गैह्र कानुनी समिति भएको शिवसताक्षी नगरपालिकाले दावी गरेको छ ।
समितिमा आईलागेको व्यवहारिक र कानुनी समस्याका कारण यसै ठाउँमा आयोजना गरिएको कोटीहोम धार्मिक अनुश्ठानमा पनि असर पुगेको छ । प्रसाशनले आर्थिक संकलन गर्न गरेको निर्देशनका कारण भक्तजनहरु पनि धामलाई आर्थिक, भौतिक सहयोग गर्ने की नगर्ने दुविधामा परेका छन ।