अर्जुनधारा, मंसीर ७ । झापाको अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित सृजना बाल युवा क्लबले देउसी भैलोको हिसाब सार्वजनिक गरेको छ । बाल क्लबको भवन निमार्ण गर्ने उदेश्यका साथ खेलिएको देउसी भैलोको शनिबार एक कार्यक्रमका बिच हिसाब सार्वजनिक गरिएको हो ।
एक लाख दुई हजार रुपैंया संकलन भएको क्लबका सदस्य जानुका दियालीले जानकारी दिईन । यस मध्येबाट बिस हजार रुपैंया खर्च भएको बताईएको छ ।
हिसाब सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले देउसीमा सहभागिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
बाल क्लबको अध्यक्षत सर्मिला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडाका वडाध्यक्ष नवराम ढुङ्गाना, संस्थाका संरक्षक नगेन्द्र आर्चाय, नगरका वोर्ड सदस्य रमेश त्रिखत्री लगायतको आतिथ्यता रहेको थियो । संस्थाक सदस्य जानुका दियालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओमबहादुर बस्नेतले गरेका थिए ।