अर्जुनधार, मंसिर ७ । झापाको अर्जुनधारा नगरपालिकामा पशु चौपायको बजारीकरण सम्बन्धी एक दिने कार्यक्रम गरिएको छ ।
अभियान झापाको आयोजना तथा हेपर इन्टरनेश्नलको सहयोगमा शनिबार नगरपालिकाको सभाहलमा आयोजित समिक्षा बैठकमा खसीबजारको बजारीकरण, सहकारीको संस्थागत विकास गर्ने उदैश्यका साथ कार्यक्रमको आयोजना गरिएको अभियान नेपालका प्रोग्राम कोडिनेटर हेम श्रेष्डले जानकारी दिए ।
हाम्रो स्वालम्बी सामाजिक उद्यमी महिला सहकारीसंग सहकार्य गरि थालिएको यो कार्यक्रम नगरका १, २, ३, ४ वडामा सञ्चालित छ । हेपर नेपालका प्रोग्राम अफिसर ऋषी पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य प्रेम गिरीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम अधिकृत हेमराज सेढांइले गरेका थिए ।