Aamsanchar

समृद्धि बहुउदेश्यीयका अध्यक्ष, सचिवको वेईमानी

Author Image
शनिवार, मंसिर ७, २०७६

उर्लाबारी । उर्लाबारी-७ स्थित मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा एक जना शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलासा भएको छ ।उर्लाबारी–४ फूलबारी चोककी कमला तामाङले १० धुर जग्गा र डेढ तले आरसीसी घर धितो राखेर सो सहकारीबाट २५ लाख ऋण लिएकी थिइन् । यद्यपि संस्थाका अध्यक्ष ध्रुबचन्द्र पराजुली र सचिव मातृका दाहालले संस्थाको नाममा दृष्टिबन्धक पास नगरी सोझै आफ्नै नाममा राजीनामा पास गरेको पीडित कमला तामाङले शनिवार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिईन् ।

२०७४ भदौँ १८ गते सो सहकारीको साधारण शेयर सदस्य भई नियमित रुपमा कारोबार गर्दै आएकी तामाङले २०७५ माघ १३ गते दुई लाख ५० हजार शेयर रकम पुर्याएकी थिईन् । उर्लाबारीको मधुमल्ला रोडमा हेवन भ्याली होटल संचालन गर्दै आएकी तामाङले आफ्नो व्यवसायलाई स्तरोन्नतिका लागि सहकारीबाट २५ लाख ऋण माग गरेकी थिईन् ।सहकारीलाई देखाएर ऋण उपलब्ध गराए पनि अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीको नाममा नभई जग्गा र घर आफ्नै नाममा राजीनामा पास गराएको खुलेको हो । जालसाजी गरी अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीमा राखिएको भनिएको घरजग्गा आफ्नै नाममा पारेको थाहा पाएपछि ऋणी कमला तामाङका नाबालक छोराहरु कर्मा छिरिङ तामाङ र लेकी दोर्जे तामाङले जिल्ला अदालत मोरङमा अंश हकदाबी गर्दै मुद्धा दायर गरेका थिए ।

पिडित कमला तामाङ

गत कार्तिक २४ गते संस्थामा तामाङको नाममा रहेको १७ लाख ५० हजार ८१५ साँवा ब्याज चुक्ता गरेको देखिएको छ । तामाङले गत फागुनसम्ममै ८ लाख किस्ता बुझाईसकेकी थिइन् । यसअघि कमला तामाङले सुनचाँदीको ब्यापारीसमेत रहेका सचिव दाहालको पसलमा एनएमबी बैँकको चेकबुक छाडेकी थिईन् । सोही क्रममा अध्यक्ष र सचिवले एकप्रति चेक गायब पारेको तामाङले बताइन् । मुद्धाका क्रममा अदालती पक्रिया सुरु भएपछि सोही चेकमा कमला तामाङको किर्ते हस्ताक्षर गरी कार्तिक २४ गते नै एनएमबी बैँकमा १७ लाख १६ हजार ६ सय ५० निकाल्न खोजिएको तामाङले बताएकी छिन् ।सोही दिन सहकारी संस्थामा आफ्नो नाममा रहेको ऋण चुक्ता भएको पाइए पनि सोही चेकमार्फत बैँकबाट पुनः रकम निकाल्न खोजेको तामाङले बताईन् ।

खातामा सो बराबरको रकम नदेखिएपछि सहकारीका व्यवस्थापक अशेषकुमार थापाले संस्थाको लेटर प्याडमार्फत एनएमबी बैँक मधुमल्ला शाखालाई तामाङको खातालाई कालोसुचीमा राखी कारबाही अगाडि बढाउन भन्दै निवेदन दिएका थिए ।पीडीत तामाङले पत्रकार सम्मेलनमार्फत आफुलाई न्याय दिलाईदिन सहकारीका नियमक निकाय लगायत सम्बन्धित सरोकारवाला सबैमा आग्रह गरेकी छिन् । उनले आफुलाई सहकारीको नाममा ऋण दिएर ब्यक्तिको नाममा घरजग्गा पास गराएको भन्दै अध्यक्ष पराजुली र सचिव दाहाललाई कारबाही गर्न सम्बन्धित निकायमा आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)