
माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ।

राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो।

माइती नेपालको भारतस्थित ट्रस्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगन्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको, नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।

उनीहरूलाई आज (सोमबार) नेपाल फर्काउन लागिएको अधिकारीले जानकारी दिए।

Views: 185

