Aamsanchar

करिब १२ लाख मूल्यको सामान चोरी, चार जना पक्राउ

Author Image
सोमवार, मंसिर ९, २०७६


प्रहरीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका–४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोपमा ४ जनालाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका–१ का २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामानसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरुले गत शनिबार उक्त कारखानाबाट सो मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर