Aamsanchar

गजल

Author Image
मङ्गलवार, मंसिर १०, २०७६

सम्झिनेहरुले त साच्चै अति सम्झन्छन्
आमा बिर्सन्छन केबल श्रीमती सम्झन्छन

यो कलियुगमा कोहि कोहि नारिहरु
देखेजती सबै पुरुष पति सम्झन्छन

पोल्दा पोल्दै उम्केर आएकाहरुनै यहाँ
कतिले त आफैलाई बत्ती सम्झन्छन

जब महा पुरुषले नै पीडा दिन थाल्छन
त्यतिबेला श्रीमती नि सत्ती सम्झन्छन

बिर्सनेत आफ्नाले मात्र हो यहाँ मलाई
परायाहरु दिन रात कति सम्झन्छन

 

Views: 302

प्रतिक्रिया (०)