Aamsanchar

भ्रमण बर्ष २०२० का लागि डालमिया पनि उद्योगको योगदान

Author Image
मङ्गलवार, मंसिर १०, २०७६

बिर्तामोड, मंसिर १० । नेपाल सरकार र नेपालीको लागि पर्यटन व्यसायलाई स्थापित गर्ने सुनौलो अवसर मानिएको नेपाल भ्रमण बर्ष सन् २०२० लाई भव्य र सव्य बनाउन सरकारी स्तरबाट प्रचार प्रसार तिब्र भई रहेको बेला झापाको एक निजी कम्पनीले भिजिट नेपाल २०२० को लोगो आफ्नो उत्पादनमा राखेर नेपाल सरकारलाई प्रचारमा सहयोग पुर्एको छ ।

झापाको मेचीनगरपालिकामा रहेको डालमिया पानी उद्योगले उक्त स्टिकर समावेस गरेर प्रशोधित पिउने पानी बजारमा पुर्याउन सुरु गरेको हो ।

भ्रमण बर्ष २०२० मुल समितिले आवहान गरे अनुसार पूर्वका बजारमा लोकप्रिय बनेकोे सरकारबाट गुणस्तर चिन्न प्राप्त डालमिया पानी उद्योगले भ्रमण बर्षको प्रचारमा योगदान गरेकोमा पर्यटन मन्त्री योगेश भट्टराईले उक्त उद्योगका संचालक विजय डालमियालाई धन्यवाद व्यक्त गरेका छ । उनले जस्तै अरु उद्योगले पनि भ्रमण बर्षलाई सफल बनाउन प्रचार प्रसारमा सहयोग गर्न आवहान समेत गरेका छन ।

मन्त्री भट्टराईले सामाजिक संजाल मार्फत यसरी दिएका छन धन्यवाद

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर