बिर्तामोड, झापा । चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ ।
बिर्तामोड – निवासी विजय लिम्बूको ५ महिने शिशु बिपीषा लिम्बूको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । निमोनिया भएर मंगलवार दिउँसो अस्पताल भर्ना गरिएकी विपीशालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र बालिकाको मृत्यु भएको भन्दै अस्पताल तोडफोड भएको हो । विहानैबाट उपचारमा सम्लग्न चिकित्सकलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 93