अमला स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । अमललाई आयुर्वेदिक औषधीका रुपमा पनि लिइन्छ । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाइन्छन् । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । अमलाको जुसको सेवन गर्नाले शरीरलाई धेरै फाईदा गर्ने गर्छ ।
अमलामा रोग भगाउने पर्याप्त गुण हुन्छ । एउटा अमलामा र तिनओटा सुन्तला खानु बराबर हुन्छ । अमलाको जुसमा धेरै भिटामिनहरु पनि पाईन्छन् । यसको सेवनले शरीरको छालालाई बलियो बनाउँने गर्दछ । अमला छाला,कपाल,आदिका लागि पनि एकदकै फाइदाजनक हुन्छ ।
१. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउने कार्य गर्छ। अमलाको सेवनले उमेर भन्दा अगाडी बूढोपन हुनबाट जोगाउने गर्छ । अमलाले चिनी रोग वा मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउने गर्छ ।
२. अमलामा प्रसस्तै मात्रामा भिटामिन पाईने भएको कारणले गर्दा यसको दैनिकी सेवनले शरीरलाई फूतिलो बनाउँनुका साथै अनुहारमा आउँने डण्डीफोरबाट सधैको लागी मुक्ति दिलाउँन मदत गर्छ ।
३. अमला कपालको लागि पनि एकदमै फाइदाजनक फल हो । यसको सेवनले कपाल भित्रबाट नै कालो, लामो, चम्किलो र बलियो बनाउँन मदत गर्छ ।
४. अमलाको जुसमा केरा तथा मह मिसाएर खाँदा महिलाहरुको महिनावारीमा हुँने बिभिन्न समस्याबाट छुटकारा दिलाउँने गर्छ । यसको नियमित सेवन गर्नाले रगतलाई शुद्ध पार्ने कार्य गर्छ ।
५. अमलाले निन्द्रा नलाग्ने समस्याबाट मुक्ति दिलाउँने ,आँदाको ज्वती बढाउँने , रतन्धो , कब्जियत, डायरिया र पिसाब सम्बन्धि समस्याबाट छुटकारा दिलाउँने गर्छ ।