आजको युगलाई सन्चारको युग भन्ने गरीएको छ । जो सुकै ब्यक्ति पनि सन्चार र प्रबिधि बाट अलग्गिन सकेको हुंदैन । सामान्य देखि सामान्य मानिस समेत सन्चार माध्यममा अभ्यस्त भएका छन् । हुन पनि हो सन्चार माध्यम यति सहज र सरल भई दिएको छकि जो कोहीले पनि सजिलै संग यसको प्रयोग गर्न सकेका हुन्छन् । एउटा ब्यक्तिको पांच औंलामा बिश्वनै अटाएको हुन्छ । डोल्पामा बस्ने एउटा मान्छेले अफ्रिका महादेशमा बस्ने आफ्नो छोरालाई छिनभरमा कुरा गर्न सक्दछ । त्यति मात्र होईन उसले हस्तलिखित पत्र का साथ ठूला ठूला ठेलीका ठेली पुस्तक तथा कागजात पठाउन सकेको हुन्छ । उच्च तहका नेता, कार्यकर्ता, समाजसेबी, शिक्षक, वकिल, डाक्टर, ईन्जिनियर सबैले आ आफ्ना कुराहरु यिनै सन्चार माध्यम बाट प्रचार प्रसार तथा सम्बन्धितलाई सजिलै पठाउन सक्दछन् । केही बर्ष अघि सम्म आफ्नै देश भित्र कुनै चिठी पठाउनु पर्दा महिनौ महिनौ लाग्ने गर्दथ्यो । कहिलेत चिठीनै गायब हुन्थ्यो पनि । तर अहिले परिस्थिती त्यस्तो छैन । एउटै क्लिक काफी छ ।
सहर बजारमात सबैको हातमा मोवाईल भएकै हुन्छ । गाउं घरमा समेत मोवाईल नहुने कमै होलान् । मोवाईल एक अनिबार्य आबश्यकता एबं बाध्यतानै हुन पुगेको छ । मोबाईल बीना दिनचर्या चलाउननै मुश्कील पर्ने गर्दछ । केही बर्ष अघि मात्र बिदेशमा बसेका संग सम्पर्क गर्दा धेरै लागत लाग्दथ्यो भने अहिले स्थानीय कल भन्दा धेरै गुना कममा बिदेशमा फोन गर्न सकिन्छ । मानिसको दैनिक क्रियाकलापनै सन्चारमय हुन पुगेको छ । सायद यो कुरालाई कसैले प्रतिबाद गर्न सक्दैनन् होला पनि ।
अर्को तीर हामी जो कोही अभ्यस्त भएको बिषय भनेको टेलिभिजन हो । अधिकांश हामीहरुको घरमा टेलिभिजन सेट छ । यसको उपयोगितालाई हेर्दा यो त्यति महंगो र खर्चिलो पनि छैन । देश बिदेशका सूचना तथा खबर छिन छिनमा हेर्न सकिन्छ । बिश्वमा घटेका कुनै पनि घटनाको बिषयमा हामी पूर्ण रुपमा ज्ञान लिन सक्दछौं । यिनीहरुको अध्ययन बाट हामी आफूलाई प्रबुध्द बनाउन सकेका हुन्छौ । कुनै सूचना तथा जानकारी पाउन कसैका छेउमा हामी जान आबश्यक पर्दैन । हामी घरमै बसि बसि बिश्वमा भएका परिबर्तनलाई सजिलै आंकलन गर्न सक्दछौं । सबै ब्यक्ति तथा बस्तुको अनुहार र आकार प्रकार देख्न र आवाज सुन्न सकिने हुंदा हाम्रो दिमागमा तिनीहरु रहिनै रहने हुंदा छिटै मेटिएर पनि गएका हुंदैनन् ।
हामी संग अभ्यस्त भएको अर्को बिषय हो ईन्टरनेट । बिभिन्न किसिमका एपस्हरुले हामीलाई धेरै क्षेत्रमा सहयोग पुर्याएका छन् । ठूला ठूला कलकारखाना, स्कुल, कलेज, कार्यालय, बैकिङ् , यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता बिभिन्न अनगिन्ति क्षेत्रमा ईन्टर नेटको माध्यम बाट संगठनहरुले फाईदा लिई आएकै पाईन्छन् । एकै छिन मात्र इन्टरनेट भएन भने सबै संगठनहरुको काम कारबाही ठप्प हुन पुग्दछन् र अहिलेको युगमा भौतिक रुपमा काम गर्न सम्भब पनि छैन । त्यसैले जनशक्तिलाई संगठनमा प्रबेश गराउनु भन्दा ईन्टरनेट को माध्यम बाट बिभिन्न एप्स् प्रयोग गर्नु संगठनलाई समय, सुध्दता, छिटो छरितो र बित्तको दृष्टिकोण बाट बढि फलदायी भएकोले यसको प्रयोग एकदम बढोत्तरी हुंदै गएको पाईन्छ र मानब साधनको प्रयोग न्यून हुन पुगेको छ । धेरै मानिसले धेरै समय खर्चेर गर्ने काम आज यसको माध्यम बाट केही सेकेण्ड भित्रै सम्भब तुल्याई दिएको छ ।
यसरी मोबाईल, टेलिभिजन , ईन्टरनेटले हाम्रो जनवीवनलाई सहज बनाई दिएको भएपनि हामीहरुले यिनीहरुरुको प्रयोग उपयुक्त किसिम बाट गर्न सकेका छैनौ । यिनीहरुको दुरुपयोग चरम बिन्दुमा भईनै आई रहेको छ । किन यसरी यी सन्चार माध्यमहरुको दुरुपयोग भई रहेको छ त भन्ने बिषयमा खोज तलास र अनुसन्धानको बिषय हुन गएको देखिन्छ । यिनै बिषयको सीमा भित्र रही केही बिबेचना गर्ने प्रयास गरीएको छ ।
मानिसको अंग जस्तै भएका टेलिफोन, मोबाईल, टेलिभिजन, फेसबुक, युटुब, मेसेन्जर, ट्वीटर, स्काईप, ईमो आदि प्रति मानिसले बढिसे बढि फाईदा लिन सकि रहे पनि बेफाईदा अथवा यिनीहरुको दुरुपयोग पनि त्यतिकै बढ्दो क्रममा भएको देखिन्छ । एउटा साधारण ब्यक्तिको हातमा महंगो मोबाईल सेट भएको हुन्छ र उसले धेरै जसो समय यसैमा खर्चिएको हुन्छ । अनाबश्यक गफ गरेर धेरै रकमको दुरुपयोग गरेको हुन्छ । हो, सांच्चै हो , आबश्यक परेको समयमा धेरै समय प्रयोग गर्नु पनि पर्दछ । तर बिना काम प्रयोग गरी रहंदा समय र सीमित साधनको अत्यधिक खर्च हुन गएको हामी जो कोहीले पनि देखि रहेकै बिषय हो ।
मोबाईल प्रयोग कर्ताको साथमा २४ सै घण्टा मोबाईल भईनै रहने र ईन्टरनेटको सुबिधालेत मोबाईलमानै सबै जसो समय खर्चिएका हुन्छन् नै । उनीहरुलाई समय र पैसाको कुनै मतलब पनि हुंदैन । यसले धेरै नै क्षति पुर्याएको हुन्छ । पछि गएर मात्र मानिसले बुझेका हुन्छन् । त्यस बेला सम्म धेरै खर्च भई सकेको हुन्छ , जुन फिर्ता ल्याउन सकिने कुरै भएन ।
सामाजिक सन्जालमा लेखिएका कुरा पढ्दा पनि अचम्म मान्नु पर्ने स्थिति छ । कसैको ब्यक्तिगत बिषयमा आघात पुग्ने गरी आक्षेप लागाउन नपाईने संबैधानिक अधिकार भएपनि जथाभाबि पोष्ट गरेर गाली गलौच र अशिष्ट शब्द प्रयोग गरीएका छरपष्टि देखिन्छन् नै । यस्तो कुरा लेख्नु हुंदैन भन्ने कुरा प्रयोगकर्ता आफैले बुझ्नु पर्ने हो, तर बुझेको पाईंदैन । नत सरकारले नै यस किसिमका गतिबिधिमा बन्देज लगाएको पाईन्छ । यसले गर्दा पनि उच्छृङ्खलतामा बृध्दि हुंदै गएको देखिन्छ । यस किसिमको प्रयोगले ब्यक्तिको अनुशासनमा र समाजको संरचनामा समेतनराम्रो प्रभाब पुग्न जानेछ । त्यसैले देख्नमा साना तर यिनीहरुको प्रभाब भने ठूलो हुने हुंदा हामी सबैले यी बिषयमा बुझ्नै पर्ने हुन आउंछ ।
बिज्ञान र प्रबिधिले गर्दा हामीलाई धेरै बिषयमा सजिलो पर्न गएको छ । लेख्न, पढ्न, चित्र बनाउन, पठाउन, तस्बीर छपाउन आदि आदि । तर पनि हामी मध्ये धेरैमा धेरै असंतुष्टि रहेका छन् । यी असंतुष्टि मेटाउन हामी सबैले धेरै कुरा बुझ्नु पर्ने आबश्यकता रहेको छ । फेसबुकमा पोष्ट गरीएका बिचार काम लाग्ने वा ज्ञानबर्धकनै छन्त ? के फेसबुकमा छापीएका तस्बीरहरु सांच्चैनै हेर्न लायक छन् त ?
अहिले फेसबुक यति सस्तो किसिम बाट प्रयोग भएको छकि बिभिन्न तह बाट अबकास भएका ब्यक्तिहरुले पनि आफुलाई ठूलै ठान्ने र नितान्त निजी कुरालाई पनि सामाजिक सन्जालमा राख्ने प्रचलन बढ्दै गएको छ । चाडबाडमा घरमा किनिएको साग सब्जि र पकाएका परिकारको प्रदर्शनले समाजलाई के फाईदा पुर्याउला र ? त्यस्तै गरेर एकात तस्बीर राख्नुलाई त ठिकै पनि मानिएला । तर पृष्ठका पृष्ठ आफ्ना पण्डित्याई र आफ्नै तस्बीरले भरी भराउ गर्नु कति सम्म उपयुक्त होला, बुझ्न नसके पनि सबैले बुझ्नै पर्ने हुन आउंछ । यस प्रकारको सामाजिक सन्जालले पोष्ट गर्ने वा लेख्ने ब्यक्तिलाई केही फाईदा नहुने त छंदैछ , साधारण फेसबुक प्रायोगकर्तालाई समेत निद्रा हराम बनाएको हुन्छ । यसरी नराम्रो किसिम बाट पोष्ट गर्ने र प्रयोग कर्ता दुबै पक्ष्यलाई बेफाईदा हुने गरी फेसबुक नचलाउनु नै श्रेयस्कर हुनेछ । यो हामी सबैले बुझ्नै पर्ने हुन आउंछ ।
अर्को पाटो तीर पनि एकै छिन बिचार गरौं । हामीहरु सबै नै टेलिभिजन हेरेकै हुन्छौ. । टेलिभिजनमा सर्बसाधारणले बोलेका कुरा प्रष्ट रुपमा देख्न र सुन्न पाईन्छ । तर त्यहि टेलिभिजनले उच्च ओहोदामा आसिन ब्यक्तित्वहरुले बोल्दै जांदा पूर्ण पाठ देखाईएको हुंदैन । सायद उनीहरुले बोलेका कुरा नराम्रा हुन सक्लान् वा असान्र्दभिक पनि हुन सक्लान् वा सबै कुरा दिंदा अर्थको अनर्थ लाग्न पनि जान सक्ने भएर पनि हुन सक्ला । केवल मुख चलाएको मात्र देखिन्छ, बोलेका कुरालाई प्रसारित गरीएको पाईंदैन । हामी सर्बसाधारणले कुरो बुझ्न सकिएको छैन । बुझ्ने गरी प्रसारित गरी दिए टेलिभिजन कम्पनीहरुलाई मुरी मुरी धन्यबाद जानेछ ।
अहिले बढि चलन चल्तीमा आएको बिषय भनेको फूलमाला र खादाको चलन । कुनै पनि कार्यक्रममा अतिथिहरुलाई आमन्त्रण गरीएको हुन्छ । यसो गर्नु सामान्य कुरो नै हो । मुख्य अतिथि लगायत अन्य अतिथिहरुलाई मन्चमा आमन्त्रण गरीएको हुन्छ । सबैलाई गलाभरी नअटाउने गरी माला र खादाले सुसज्जित गराईएको हुन्छ । यसको अलावा निधारै छोप्ने गरी अबीर पनि लगाईएको हुन्छ । यसो गर्नुको अर्थ के होला ? आफ्ना नेतालाई खुशी पारेर फाईदा लिनु वा कुनै पद प्राप्त गर्न को लागि भूमिका बनाउनु ? यो कुरो पनि हामी धेरैको दिमागमा नआएकै बिषय होला ।
उच्च तहका नेताहरुले समय समयमा बिदेश भ्रमण गरेकै हुन्छन् । निम्तै नभए पनि कसरी गएका हुन्छन् । जाने नै गरेका हुन्छन् । किन गए भन्ने बिषय हामी सर्ब साधारणको चासो हुने पनि भएन । बिमान स्थलमा खादा, माला र अबिरले झकमक्क भएका देखिन्छन् । यस्तो स्वागत पाएपछि मख्ख हुनु पनि स्वभाबिकै हो । यति मात्र कहां हो र पत्रकारहरुको प्रश्नमा सबैले जबाफ दिने थेगो एउटै हुन्छ, दुई देश बिचको सम्बन्धलाई अझै बलियो बनाउने र आपसी सम्बन्धलाई सुमधुर बनाउंदै जाने । फर्किएर बिमानस्थलमा अबतरण गर्दा पनि जबाफ रेडिमेड नै हुन्छ । दुई देश बिचको सम्बन्ध सुधारलाई अझै कसिलो बनाउंदै लैजाने सहमति । फूल, माला , खादा र अबिरले स्वागत गर्ने कुरात छदैछ । यहां उल्लेख गर्नु पर्ने कुरा के छ भने पूर्ब प्रधान न्यायाधिस सुशीला कार्किले भनेको कुरो मलाई याद छ बिदाई गर्दा मेरो लागि फूल माला, अबिर , खादा केही पर्दैन भनी पहिलेनै जानकारी गराउनु भएको तथ्य सन्चार माध्यममा पढ्न पाईएको पनि थियो । यसरीनै पूर्ब प्रधानमन्त्री कीर्तिनिधि बिष्टले आफ्नो अन्तिम संस्कारमा कसैलाई खबर नगर्नु भनेको कुरा अहिलकोे समयमा प्रासंगिक नै हुनेछ ।
सरकार– सरकार बिच, बिभिन्न दल र सरकार बिच र बिभिन्न दलहरु बिच पनि समय समयमा बार्ताहरु भईनै रहेका हुन्छन् । बार्ता वा मिटिङ् मा के प्रगति भयो भन्ने प्रश्नमा रेडिमेड जबाफ आउने गर्दछ , बार्ता सकारात्मक छ । भोली नतिजा आउनेछ । तर भोलीको बार्ताले कुनै खास नतिजा दिन सकेको हुंदैन । बोल्न पाईएको मौकामा राम्रै बोलौ भन्ने भावना बिकसित भएको पाईन्छ । यसरी जनता सूचनाको हक बाट बन्चित भएका हुन्छन्
हामी सर्बसाधारणले बुझ्न नसकेका यस्ता धेरै बिषय छन् । बुझ्नेले नबुझाई दिएपछि हामी सर्बसाधारणले कसरी बुझ्ने? । यी माथि उल्लेख गरीएका बिषयत केही प्रतिनिधिमूलक मात्र हुन् । यस्ता अन्य अनगिन्ती बिषयमा कसले जानकारी दिएर हामीलाई सुसुच्चित गराउला ?