Aamsanchar

इन्जिनियरको ईज्जत रहेन, २ लाख ५० हजारसहित समातिए

Author Image
शनिवार, मंसिर १४, २०७६

काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुमागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जोशीलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट शुक्रबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले शनिबार जानकारी दिए ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर