Aamsanchar

आज जन्म जयन्ती, को हुँन ? षडानन्द

Author Image
आइतवार, मंसिर १५, २०७६


नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण अधिकारी तथा माता रुक्मिणी अधिकारीको सन्तान षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध भए।

राणा शासनको बेलामा पनि गुरु षडानन्दले पहिलोपटक संस्कृति पाठशाला निर्माण गरेर सर्वसाधारणका छोराछोरीलाई अध्यनअध्यपनको वातावरण शुरु गराए। दुःखले शिक्षा आर्जन गरेका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योगसाधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रुपमा समेत आफुलाई स्थापित गराए। दैवीशक्ति भएको भनि जनताले विश्वास गरेको षडानन्दलाई पछि श्री १०८ को उपाधिले समेत सम्मान गरियो। उनको सम्मानमा कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिकालाई बालागुरु षडानन्दको नामबाट नामाकरण गरिएको छ।

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले बालागुरुको सम्मान स्वरुप हरेक वर्ष नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यमा उत्कृष्ट योगदान भएका व्यक्तिलाई षडानन्द राष्ट्रिय पुरस्कारूले सम्मानित गर्ने गरेको छ। आठ वर्षको उमेरमा नै यज्ञोपवीत संस्कारको ज्ञान हाशिल गरेका षडानन्दले भारतको बनारसमा योग साधनाको अध्ययन गरेका हुन्। सन्तशिरोमणि श्री १०८ आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय सम्मान स्वरुप २०५१ सालको तत्कालीन मन्त्रिपरिषद्को निर्णयले सात रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो। शिक्षाको लागि उनको अतुलनिय योगदानको सदैव कदर हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर