Aamsanchar

एनआईसी एसियाको नारा, बैंक पनि साथि पनि औचित्यहिन हुँदै

Author Image
आइतवार, मंसिर १५, २०७६

बैंक पनि साथी पनि जस्ता नारा र बिज्ञापनले सर्वसाधारणलाई प्रभावमा पार्दै वित्तिय क्षेत्रमा छिट्टै स्थापित बन्न सफल एनआईसी एसिया बैंकलाई सर्वसाधारणले महाठगको उपाधि दिएका छन् ।
एनआईसी एसियाको चरित्रताकै कारण सिंगो बैंक क्षेत्रप्रतिको विश्वास उड्दै गएको बेलामा पनि नियामक निकायले कारबाही नगर्दा एनआईसी एसियाको मनोमानी अझ बढ्दै गएको छ । आफ्ना समस्याहरु विभिन्न निकायमा पुर्याउदा पनि एनआईसी एसियलाई कारवाहीको दायरामा ल्याउन नसकेपछि अहिले फेरी अर्को ठुलो काण्ड बाहिरिएको छ । एनआईसीका केही कर्मचारीहरु समेत प्रहरीको फन्दामा परिसकेका छन् ।

यस विषयमा सर्वसाधारण पनि राम्रोसंग जानकार छन् । सामाजिक सञ्जाल मार्फत आफ्ना समस्या राख्दै जयसंकर महर्जनले एनआईसी एसिया महाठग भएको टिप्पणी गरेका छन् । लोकप्रिय बन्नका लागि “एनआईसीले बैंक पनि साथि पनि” भन्ने लोकप्रिय नारा समेत तयार पारेको छ । सोच्नै पर्ने कुरा के भने एनआईसी एसिया के साँच्चै साथि जस्तै छ रु यो सवाल हरेक नागरिकको मनमा उठिरहेको छ । एनआईएसी एसिया बैंक साथि हाईन्, यसले बैंकले साथिको नाममा धोकाधणीको काम मात्र गर्ने गरेको छ । जुन सर्वसाधारणले चाहादैनन् । फेसबुक मार्फत सञ्चार माध्यमलाई गुहारर्न थालेका छन् ।

अनलाई पाना डट कमले मंसिर ९ गते सोमबार प्रकाशन गरेको श्रम शोषणमा एनआईशी एशिया बैंक ‘नम्बर वान’ शिर्षकको समाचारको कमेन्ट बक्समा सर्वसाधारणले आफ्नो समस्याहरु राखेका छन् ।
काठमाडौं कलंकीका कमल ढकालले एनआईसी एसिया बैंकका सिईओ न्यौपानेलाई कारवाहीको माग गरेका छन् । उनले कमेन्टमा भनेका छन् यो बैंक को सि ओ नेउपाने लाइ तु कारबाही हुनुपर्छ। यसैगरि समिर रानाले लुटमारको साथि भनेर एनआईसी एसिया बैंकको टिप्पणी गरेका छन् ।
सर्वसाधारणले एनआईसीको एउटा मात्र समस्या होईन् । कर्मचारीमाथिको शोषणदेखि सर्वसाधारणको काम नगर्ने सम्मका कुराहरु खोलेका छन् । चन्द्र श्रेष्ठले श्रम शोषण नगरी कसरी बन्छ नम्बर १ ? भन्दै प्रश्न गरेका छन् । तिलक रोयले यो सहि हो भन्दै इन्टर्न्सिप गरेका कर्मचारी पनि यसबारेमा जानकार रहेको स्पष्ट पारेका छन् ।

कमल ढकालले विहान ७ : ३० देखि राति १० बजे सम्म कर्मचारी श्रम शोषण हुने गरेको बताएका छन् । अमृत खरेलले बैंक पनि साथी पनि जनतालाई, दिन पनि राती पनि कर्मचारीलाई है रु भनेर प्रश्न गरेका छन् । यसैगरि देवराज काफ्लेले “माडेको त परेछ नेपाली श्रमिक त मारे मारे अनि पो भयो मारेबाट माडे” भनेर टिप्पणी गरेका छन् ।

रमेश भट्टले “बैंक पनि लुटेरा पनि” भनेका छन् । सुदिप चन्द्र राना क्षेत्रीले “सर्वसाधारणलाई तीन(तीन घण्टा उभाउने तर काम नगर्ने” गरेको गुनासो गरेका छन् । यस्ता थुप्रै समस्याहरु सर्वसाधारणले हाम्रो कमेन्ट बक्समा राखेका छन् । तर, नियामक निकाय भने कानमा तेल हालेर बसेको छ । बैंक पैसा कमाउन मात्र हैन्, सेवा गर्नको लागि तयार हुनुपर्छ । यो कुरा एनआईसीलाई कसले सिकाई दिने ?

जनताको नजरमा एनआईसी एसिया बैंक

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर