दक्षिण एसियाली खेलकुद (साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ ।
दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन् । २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै छन् । त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडी दर्ता गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 216