Aamsanchar

उत्तर कोरियाले जापानलाई दियो धम्की

Author Image
आइतवार, मंसिर १५, २०७६


उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख’ र ‘राजनीतिक रुपमा कच्चा’ बताएका छन् । उत्तर कोरियाले जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिइरहेको आरोप लगाएको छ । बिहिबार शिन्जो आबेले उत्तर कोरियाले पटक–पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्नु संसारको लागि खतरा भएको बताएका थिए ।

तर उत्तर कोरियाले भने आफू ‘सुपर लार्ज मल्टिपल रकेट लञ्चर’ को परीक्षण गरिरहेको स्पष्ट पारेको छ । शनिबार उत्तर कोरियाको सरकारी मिडियाले जापान ‘निकट भविष्यमा चाँडै नै वास्तविक ब्यालेस्टिक मिसाइल देखाउन सक्ने’ बताएको छ । उत्तर कोरिया अहिले ब्यालेस्टिक मिसाइलमाथि संयुक्त राष्ट्रको प्रतिबन्धको सामना गरिरहेको छ ।

उसको परमाणु कार्यक्रम र मिसाइलमाथि विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ । जापानले आफ्नो मित्र राष्ट्र अमेरिकासँग कुराकानी जारी राखेर आफूमाथि लागेको प्रतिबन्ध फुकुवा गरोस् भन्ने उत्तर कोरियाको चाहना छ ।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उन अन्तिमपटक यो वर्षको फेब्रुअरीमा भेटेका थिए त्यसपछि दुईबीच चलिरहेको कुराकानी अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर