इनरुवा : अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबा भनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ । अनुसन्धानकालागि म्याद थपको माग सहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्ला अदालत पुर्याएको थियो । एम्बुलेन्समा अक्सिजन सहित अदालत पुर्याइएका कृष्णदासलाई अदालतले अस्पतालमै उपचारमा रहने गरी ४ दिनको म्याद दिएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता बिनोद शर्माले अदालतबाट ४ दिनको म्याद थप गरिएको बताए । अस्पतालमै उपचारमा रहने गरि अनुसन्धान गर्न अदालतबाट प्राप्त आदेश अनुरुप कृष्णदासलाई बिराट नर्सिङ होममा लगिने शर्माले बताए ।
म्याद थप पछि संक्षिप्त प्रतिकृया जनाउदै कृष्णदासले आफुमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । सुनियोजित रुपमा आफुलाई फसाँउन केहि व्यक्ति लागिपरेको कृष्णदासको भनाई छ । न्यूज द्दद्ध बाट सार्वजनिक अडियो टेप समेत आफ्नो नभएको कृष्णदासले बताए । उनले बलात्कारको आरोप लगाउने अनुयायीलाई समेत नचिन्ने बताए ।