Aamsanchar

‘साग’ पदक तालिकामा नेपाल शीर्ष स्थानमा

Author Image
मङ्गलवार, मंसिर १७, २०७६


काठमाडौ‌ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ स्वर्ण, ३ रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत ३ स्वर्ण, ८ रजत र ३ कास्यसहित दोस्रो स्थानमा छ । श्रीलङ्का ३ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान २ स्वर्ण, ३ रजत र ५ कस्यसहित चौथो, बङ्गलादेश १ स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान १ कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ ।

नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात/सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले ७ स्वर्ण र २ रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो ।
पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्प सात स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्पm १७–२९ उमेर समूह ९निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना० तथा २३ वर्षमाथिको उमेर समूह ९निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई०मा स्वर्ण जितेको हो ।
यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।

सागको पदक तालिका
देश         स्वर्ण          रजत                कास्य             जम्मा
नेपाल        १५              ३                    ६                   २४
भारत          ३              ८                     ३                   १४
श्रीलङ्का        ३              ६                    १०                  १९
पाकिस्तान    २              ३                     ५                  १०
बङ्गलादेश     १               ०                    १२                १३
भुटान           ०               ०                    १                   १
माल्दिभ्स      ०               ०                     ०                   ०

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर