Aamsanchar

‘चपली हाइट ३’ मा अर्पणको फरक रूप

Author Image
मङ्गलवार, मंसिर १७, २०७६


फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भइरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

हालसालै फिल्म ‘लप्पन छप्पन २’ को छायाङ्कन भ्याएका अभिनेता अर्पण थापाले ‘चपली हाइट ३’ मा नेगेटिभ रोल निभाउँदैछन् । सोमबार निर्माता अर्जुनले उनको लुक्स सार्वजनिक गरेका छन् । आँखामा गोलो आकारको चश्मा लगाएका उनको मुखको बाहिरी ९तल्लो० भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ ।

आउँदो चैत २८ गते फिल्म ‘प्रेमगीत ३’ सँग भिड्न लागेको यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरेहका छन् । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । निर्देशक निकेशसँग यसअघि अर्जुनले सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा सहकार्य गरेका थिए ।

‘चपली हाइट’ को अघिल्ला दुवै शृङ्खला निर्देशक दीपेन्द्र के। खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै पनि चर्चा हुन्छ । सम्भवतः नेपालमा बनेको पहिलो सेक्स साइकोलोजी फिल्म हो यो । यो फिल्मले विवादका बावजुद बक्सअफिसमा नाफाको व्यापार गरेको थियो । दोस्रो शृङ्खलाले भने लगानी उठाउन सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर