Aamsanchar

बालबालिकाको अक्षरलेखन सुधार्ने उपाय

Author Image
बुधवार, मंसिर १८, २०७६

सुन्दर अक्षरलेखन ९ह्यान्डराइटिङ० ले सबैलाई आकर्षिक गर्छ । आजको कम्प्युटर युगमा धेरै मानिस टाइप नै गर्ने हुनाले हातले लेख्नै छोडिसकेका छन् । बालबालिकामा पनि यही समस्याका कारण अक्षरलेखन सुन्दर हुन पाएको छैन । तर बालबालिकाले सुन्दर लेखून् भन्ने चाहनुुहुन्छ भने यहाँ बताइएका उपाय अपनाउन सक्नुहुनेछ ।

महत्त्व बताउने
तपाईंले बच्चालाई सुन्दर ह्यान्डराइटिङको महत्त्व नबुझाएसम्म उसले मतलबै गर्दैन । राम्रो अक्षरलेखनले परीक्षामा उच्च अंक दिलाउँछ अनि शिक्षक शिक्षिकाबाट प्रशंसा पनि दिलाउँछ भनी सम्झाउनुपर्छ ।

आत्मविश्वास बढाउने
राम्रो अक्षरलेखनको महत्त्व बुझेपछि बच्चाहरूले गरेको प्रयासलाई प्रशंसा गर्ने गर्नुस् । पहिलो प्रयासमा नै ह्यान्डराइटिङ सुन्दर हुँदैन । त्यसैले बच्चाको हरेक ससानो प्रयासमा उसको साथ दिनुस् र उसलाई प्रशंसा गरेर आत्मविश्वास बढाउनुस् ।

उदाहरण दिनुस्
बच्चाहरूले उदाहरणबाट धेरै कुरा छिट्टै सिक्छन् । त्यसैले उनीहरूलाई यस्ता व्यक्तिका बारेमा बताउनुस् जसको ह्यान्डराइटिङ पहिला त राम्रो थिएन तर पछि सुन्दर भयो । यस्ता उदाहरणले बच्चालाई प्रयास गर्न प्रेरित गर्छ र उनीहरू कोशिशमा सफल हुँदै जान्छन् ।

बस्ने सही व्यवस्था
गलत ठाउँमा बसेर लेख्दा प्रायः शब्दहरूको बनावट बिग्रन्छ । त्यसैले बच्चाहरूलाई बस्नका लागि कुर्सी टेबल सही हुनुपर्छ । बच्चाले सजिलै हात अड्याएर लेख्न मिल्ने गरी टेबलको उचाइँ हुनुपर्छ अनि कुर्सी पनि यस्तो हुनुपर्छ जसमा बसेर गोडा भुइँमा अडियोस् ।

पेन्सिल पक्रिने तरिका
बच्चाले पढाइको शुरुवाती दिनमा जसरी लेख्न सिक्छन्, उनीहरूको अक्षरलेखन त्यस्तै हुन्छ । बच्चाहरूलाई शुरुदेखि नै पेन्सिल सही तरिकाले पक्रिनका लागि सिकाउनुपर्छ । पेन्सिललाई बूढी औंला र चोरी औंलाको बीचमा राख्ने अनि पेन्सिलको माथिल्लो भागलाई पक्रेर लेख्ने अभ्यास गराउनुपर्छ ।

राइटिङ टूलको सहायता
बच्चालाई सही तरिकाले पेन्सिल समात्न आएन भने राइटिङ टूलको सहायता लिनुस् । त्यसमा जम्बो पेन्सिल र राइटिङ होल्डरहरू पर्छन् । यसको अभ्यासले बच्चाको अक्षरलेखन सुध्रिन थाल्छ ।

वर्णमालाको अभ्यास
राम्रो अक्षरलेखन गर्न नसक्दा बच्चाहरूलाई वर्णमालाको प्रत्येक अक्षरको अभ्यास गराउनुपर्छ । यसो गर्दा बच्चाहरूको ह्यान्डराइटिङ सुध्रिन थाल्छ अनि उनीहरूले अक्षर पनि सजिलै चिन्न थाल्छन् ।

हावामा लेख्ने अभ्यास
बच्चाहरूलाई हात र काँध राम्ररी विकसित नभएकाले पनि ह्यान्डराइटिङ राम्रो गराउनमा समस्या आएको हुनसक्छ । उनीहरूलाई हावामा वाक्य लेख्ने अभ्यास गराउनुभयो भने हात र काँधको मांसपेशी बलियो हुन्छ अनि अक्षरलेखन पनि सुध्रिन थाल्छ ।

लगातार लेख्ने अभ्यास
कुनै पनि काम लगातार गरिएमा पक्कै सुधार आउँछ । बच्चालाई लगातार लेख्ने बानी पारियो भने ह्यान्डराइटिङ आफैं सुध्रिन थाल्छ ।

एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)