Aamsanchar

बसको ठक्कर बाट पैदल यात्रीको ज्यान गयो

Author Image
बुधवार, मंसिर १८, २०७६


बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ ।गढवा गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० बर्षीय आत्माराम चौधरीको ज्यान गएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर