झापा,मंसिर १९ । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिव बाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचितहरुमा वरिष्ठ उपाध्यक्ष पदमा खडकबहादुर लिम्बू, एशोसिएट्स-वस्तुगत उपाध्यक्षमा प्रज्जवल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पंकजकुमार शर्मा र कोषाध्यक्षमा भास्कर शर्मा निर्विरोध निर्वातिच भएका हुन्। त्यस्तै महिला सदस्यहरू कमला दवाडी, शिला तामाङ र सीता ढकाल निर्विरोध निर्वाचित भएकी छिन् । त्यसैसरि खुल्ला सदस्यहरूमा राजकुमार राई, गोपीप्रसाद न्यौपाने, भोजराज सेढाई, रमेश श्रेष्ठ र रवि शंकर भट्टराई निर्विरोध भएका छन् । सुरज कसेरा साहले खुल्ला सदस्य पदको मनोनयन दर्ता फिर्ता लिएपछि राईसहित खुल्ला सदस्य पाँच जना निर्वाचित भएका हुन।
अध्यक्ष पदमा स्थानिय व्यवसायीहरु अजय साहेवाला र नवराज पनेरु भिड्दै तीन वर्षीय कार्यकालको नयाँ नेतृत्व चयनका लागि जिल्ला संघको कार्यालयमा बुधबार भएको उम्मेदवार मनोनयन दर्तामा अध्यक्ष, उद्योग सचिव र सात सदस्य पदमा उम्मेदवारी परेको छ । त्यस्तै उद्योग सचिवमा सञ्जय श्रेष्ठ र लक्ष्मण जमरकट्टेलले उम्मेदवारी दिएका छन्। श्रेष्ठ र जमरकट्टेल संघको जिल्ला कार्य समिति सदस्य हुन् ।
शुक्रवार संघको निर्वाचनका लागि जिल्ला कार्यालयबाट प्रत्यक्ष सदस्यमा निर्वाचित हुने सदस्य पदमा अभिषेक ढुङ्गानाले उम्मेदवारी दिएका छन् भने उद्योग सचिवमा जमरकट्टेलले मात्र उम्मेदवारी दिएका छन्। १८२ जना मतदाता संघमा १८२ जना मतदाता रहेको छ। वस्तुगततर्फ ३३, एसोसिएट ५, अध्यक्ष, निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष गरी ९, बुद्ध शान्ति शाखाबाट १७, कमल शाखाबाट १६, गौरीगञ्ज शाखाबाट १७ र जिल्ला कार्यालयबाट सदस्यता लिएका निर्वाचित ३७ जनाले मतदान गर्नेछन् । वस्तुगतको एक भोट बराबर दुई र एसोसिएटको एक भोट बराबर पाँच मत गणना हुने विधानमा उल्लेख गरिएको छ।