Aamsanchar

बिर्तामोड खानेपानीमा प्रगतिशील प्यानलको उम्मेद्वारी घोषणा

Author Image
बिहिवार, मंसिर १९, २०७६


बिर्तामोड,मंसिर १९ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत आज ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो ।

प्रगतिशील प्यानलको उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जन बहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमल पौडेल सार्वजनिक गरिएको छ । यस्तै सदस्यहरुमा पुरुष तर्फ शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, महिला सदस्यमा सिता सापकोटा र हिमादेवी प्रसाई उम्मेद्वार बनेका छन् । उनीहरुको नाम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । थप एक जना महिला सदस्य आजै टुङ्गो लगाइने प्रचार समितिका संयोजक युवराज दाहालले जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार ज्ञानुराम प्रसाई ।

प्रगतिशील प्यानलका अध्यक्षका उम्मेद्वार प्रसाईले वैकल्पिक उर्जाको प्रयोगबाट बिर्तामोडमा पानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने उद्घोषा गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर