काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई मिनेट ४४।६८ सेकेन्डमा पार गरिन् । यसअघि डुआनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत तोडेकी छन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएको दुई मिनेट ५५।०९ सेकेन्डको कीर्तिमान दुई मिनेट ४८।५७ सेकेन्डमा पूरा गर्दै फाइनलमा स्थान बनाएकी हुन् । इस स्पर्धामा स्वर्ण जितेकी भारतकी अपेक्षा फर्नान्डेसले दुई घन्टा ३८।०५ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 171