झापा। हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेका बेला पछिल्लो समय हिंसाका घटनामा परिर्वतन आएको बताइएको छ । शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा दिने हिंसा बढेको भन्दै यसमा ब्यापक जनचेतनाको आवश्यक रहेको महिला अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ताहरुले उल्लेख गरेका छन् ।
संवाद समुह झापाको महिला समुह र नेपाल बार एशोसिएसन जिल्ला अदालत बार इकाई महिला शाखाले बिर्तामोड स्थित देवी माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत अन्तर सम्वाद कार्यक्रममा नेपाल बार एसोसिएसन झापाकी अधिवक्ता हेमकला कट्टेलले ‘लैङ्गिक हिंसाको बदलिदो स्वरुप र यौनजन्य हिंसा’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
पछिल्लो समय नेपालमा लैङ्गिक हिंसा र यौनजन्य अपराधका विषयमा बनेका नयाँ कानूनहरुको चर्चा गर्दै अधिवक्ता कट्टेलले अपराधलाई रोक्न कानूनको कार्यान्वयन र सर्वसाधारणमा सचेतना दुबै जरुरी हुने बताएकी छन् । उनले किशोर–किशोरी अवस्थामा धेरै यस्ता हिंसामा पर्ने भएकाले सचेतना जगाउन आवश्यक रहेको धारणा ब्यक्त गरिन् । नेपालमा बलात्कारका घटनामा वृद्धि भएको भन्दै अधिवक्त कट्टेलले कानुनी ब्यवस्था र कस्तो विषयलाई आपराध मान्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिइएकी थिइन् । उनले अब हरेक विद्यालय तहमा नै यौनजन्य हिंसाको विरुद्धमा जनचेतना जगाउन आवश्यक रहेको धारणा ब्यक्त गरिन् । उनले महिलामाथि हुने शारिरीक हिंसाका साथै मानसिक हिंसाका घटना बढेको बताइन् । आर्थिक अवस्था कमजोर भएका वर्गमा शारिरीक र आर्थिक अवस्था उच्च भएको परिवारमा मानसिक हिंसा हुने गरेको उल्लेख गरिन् ।
त्यस्तै नेपाल बार एसोशिएसन झापाको महिला समितिको संयोजक शान्ता पाठकले लागु औषध, र्दुब्यसन तथा विद्युतीय अपराधको विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएकी थिइन् । उनले लागुऔषधको प्रयोगकै कारण कतिपय बालकालिका तथा किशोरकिशोरी विभिन्न खालका हिंसा तथा अपराधमा संलग्न भएको भन्दै यसको कानुनी कारबार्ही लगायतका विषयमा सजग गराएकी थिइन् ।
उनले पछिल्लो समय विद्युतीय अपराध बढेको र सबैभन्दा धेरै यसको शिकारमा महिला पर्ने गरेको बताइन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिपय महिलाले आत्महत्यासम्मको बाटो रोज्नु परेको तथा यसको रुपयोग गरेका कारण महिलाहरु विभिन्न यौनजन्य हिंसाको शिकार बन्नु परेको अधिवक्ता पाठकको भनाई छ । उनले विद्युतीय अपराध र लागु औषधको अपराध अन्र्तगत कानुनी कारबाहीको विषयमा विद्यार्थीलाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नेपाल बार एसोसिएसन झापाकी अधिवक्ता तारादेवी बाराकोटीले बाल विवाह, बहुविवाह,अनमेल विवाह लगायतको विषयमा सहजिकरण गरेकी थिइन् । उनले पछिल्लो समय विभिन्न बहाना बनाएर विवाहको प्रलोभनमा पारेर महिला हिंसा गर्नेहरुको संख्या बढेको भन्दै यस विषयमा विद्यार्थीहरुले सचेतना फैल्याउनु पर्ने बताइन् ।
उनले महिलाहरु विभिन्न बहानामा हिंसामा पर्ने गरेको बताउदैं यसमा पछिल्लो कानुनी ब्यवस्थाको विषयमा जानकारी गराइन् । पुरुषलाई मात्र नभएर महिलालाई पनि कारबाही हुने भन्दै कानुनले निषेध गरेको कार्य गर्ने जो कोही पनि कानुनी कारबाहीको दायरामा आउने उल्लेख गरिन् ।
प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरणका स्रोत ब्यतिm संगीता थापाले महिला हिंसाको प्रकृति फेरीएको भन्दै पछिल्लो समय मानसिक रुपमा महिला हिंसाका घटना बढेको बताइन् । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले धेरै सचेतना जगाउने भन्दै यस्ता कार्यक्रमहरुलाई निरनतरता दिनुपर्नेमा जोड दिइन् । नेपाल बार एशोसिएसन जिल्ला अदालत बार इकाई महिला शाखा र संवाद समुह, झापाको महिला समुहद्धारा भएको कार्यक्रममा संवाद समुहकी सदस्य संगीता रौनियार, शुशिला कार्की, लक्ष्मी न्यौपाने(सरु), नेपाल बार एशोसिएसन झापाकी सदस्य कविता बास्तोला, महिला सुरक्षा दबाब समुहकी अध्यक्ष शारदा रिजाल, नेपाल महिला उद्यमशिल संघ झापाकी अध्यक्ष पार्वता बिमली, देवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारी लगायतले महिला हिंसा र यसको कानुनी कारबाहीका विषयमा महिला जागरुक हुनुपर्नेमा जोड दिए ।
महिला हिंसालाई न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि संवाद समुह क्रियाशिल रहेको भन्दै कानुनी कारबाही र यसको प्रकृतिका विषयमा सबैले जानकारी राख्नुपर्ने संवाद समुहका कार्यक्रम संयोजक एवम् अभिवक्ता खगेन्द्र खरेलले बताए ।