झापाको अर्जुनधारा नगरपालिका वडा १ को आयोजनामा पशु पक्षि पकेट प्याकेज सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच पशु पक्षि पकेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको नगरको पशु पक्षिं मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।
पशु पकेट क्षेत्र बनाउने लक्ष्यका साथ आयोजना गरिएको अन्तरक्रियामा शुद्ध दुध उत्पादन गर्ने, थुनेलो रोग सम्बन्धी कसरी बच्ने र किसानलाई पशुपालनबाट आत्मनिर्भर बनाउन यो कार्यक्रम आयोजना गरिएको वडा १ का वडाध्यक्ष गजाधर खतिवडाले जानकारी दिए ।
१ वडाध्यक्ष खतिवडाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नगरकी उप–प्रमुख कमला खतिवडा आर्चायले नगरक्षेत्रका किसानलाई पशुपालनमा आत्मनिर्भर बनाउने हिसाबले नगरले काम गरिरहेको बताइन् । १ का वडा सदस्य दिलबहादुर सारु मगर स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र लिङ्देनले गरेका थिए । कार्यक्रममा नगर संचार संयोजक सकुन्तला बराल, कार्यपालिका सदस्य दिलमाया दास, हरिमाया भण्डारी लगायतको उपस्थिती थियो ।