Aamsanchar

आज गीता जयन्ती

Author Image
आइतवार, मंसिर २२, २०७६


आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा आजकै दिन भगवान श्रीकृष्णले अर्जुनलाई मानवतालाई नयाँ दिशा दिने गीताको उपदेश भएको थियो। त्यहि भएर मोक्षदा एकादशीको दिनलाई गित जयन्तीको रुपमा पनि मनाइन्छ। समभाव, अन्याय, अत्याचार रहित समाजको दर्शन देखाउने र विश्वकै पुरानो ग्रन्थमा पर्ने गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । आजको दिन भगवान श्रीकृष्णले गीता उपदेश सुनाएर कुरुक्षेत्रमा मायाले बाँधिएका अर्जुनलाई जीवनको सार बताएका हुन्।

आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा सुनाएको त्यो उपदेश अहिले पनि संसारका सर्वश्रेष्ठ चेतनशील प्राणीले मनन गर्नुपर्ने थुप्रै विद्वानहरुको भनाइ रहेको छ। आत्मा न जन्म लिन्छ न मर्छू, जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछू, तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ । आदि जस्ता थुप्रै जीवन उपयोगी अर्तिहरु श्रीमद्भगवद गीतामा भेटिन्छन्। यहाँहरुले पनि आस्था रहे जीवनमा एकपटक गीता अवश्य पढ्नुहोला। भनिन्छ गीतामा जीवनका हरेक उल्झनहरुको हल भेटिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर