Aamsanchar

झापाको बिरिङ पुलमा दुर्घटना, एकको मृत्यु एक सक्त घाईते

Author Image
आइतवार, मंसिर २२, २०७६

बिर्तामोड । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको विरिङ पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्। मृत्यु हुनेमा कनकाई नगरपालिका ३ बस्ने २४ वर्षीय नितेश न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

प्रहरीका अनुसार कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने र अर्को मोटरसाइकल चालक दमक स्थित गोर्खाली टोल बस्ने २५ वर्षीय सोनु लिम्बू घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोड स्थित बि एण्ड सी अस्पताल लगिएकोमा न्यौपानेको बाटैमा मृत्यु भइसकेको थियो। लिम्बूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटना पछि दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर