स्वरकी धनी लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी आइतबार राति २८ दिनपछि अस्पतालबाट घर फर्किएकी हुन् ।
उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनी २८ दिनदेखि ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी थिइन् ।
उनले ट्विटमा आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘नमस्कार, विगत २८ दिनदेखि म ब्रिच क्यान्डी अस्पतालमा थिए । मलाई निमोनिया भएको थियो । डाक्टरको सल्लाहअनुसार पूरै ठिक भएपछि मात्रै घर आएकी हुँ । भगवान् माई बाबाको आर्शिवाद र तपाईंहरुको माया र प्रार्थनाले म ठिक भए । सबैलाई हृदयदेखि नै धन्यवाद’
लता मंगेशकरको स्वास्थ्य अवस्थाको विषयमा अफवाह फैलिएको थियो । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट उनको स्वास्थ्य स्थितीकोबारेमा चासो र चिन्ता व्यक्त गरिएको थियो
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 169