Aamsanchar

बालयौन दुराचारमा संलग्न भएका अमेरिकी नागरिक पक्राउ

Author Image
सोमवार, मंसिर २३, २०७६


काठमाडौं । आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सी.आई.बी) ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं. १०४ बाट पक्राउ गरिएको हो ।

ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ ।

उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर