Aamsanchar

नेपालमा मानव अधिकार कागजमा मात्र !

Author Image
मङ्गलवार, मंसिर २४, २०७६

काठमाडौं-  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताए । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन् ।

नयाँ संविधान अनुकुल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक विषय भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । अध्यक्षले भने ’ दण्डहीनता बढेको छ, महिला माथिको हिंशा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ यसले के देखाऊछ भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ’ ।

अध्यक्ष शर्माले देश संघात्मक संरचनामा गए पनि, सरकार एकात्मक नै रहेको बताए । सरकारको प्रतिबद्धता, नयाँ संबिधान र कानुन बलियो हुँदा पनि अवस्था परिवर्तन नहुँदा नेपालको मानव अधिकार कागजमा मात्र भएको बताए,( ‘हामीले संघात्मक स्वरुप त ल्यायौ तर हाम्रो मन बचन कर्म एकात्मक छ । त्यसमा केहि परिवर्तन भएको छैन । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । महिला हिंशा केहि पनि घटेको छैन । महिला बेच बिखन पनि घटेको छैन । के मा गर्व गर्ने भन्दा कागजी मानव अधिकार बृहत्तर रुपमा अगाडि बढेको छ ।’

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन सरकार र राजनैतिक दल नै अनिच्छुक रहेको आरोप लगाए। सरकार सर्वोच्च अदालतले गरेको आदेश मान्न पनि तयार नभएको आरोप लगाए ।

भेलामा मानव अधिकारमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुको सहभागिता रहेको छ । देश भरिबाट भेला भएका मानव अधिकार कर्मीहरूले देशमा मानव अधिकार, शान्ति र लोकतन्त्रको अवस्थाको बारेमा अन्तरक्रिया गर्दै काठमाडौं घोषणा पत्र जारी गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)