Aamsanchar

हराएको २२ घण्टा पछि प्रहरीद्वारा ६ वर्षिय बालिकाको उद्दार

Author Image
मङ्गलवार, मंसिर २४, २०७६


मोरङमा हराएको २२ घण्टा पछी ६ वर्षिय बालिका शकुसल फेला परेकी छिन । शनिबार दिउसो २:३० बजे देखी हराएकी उक्त बालिकालाई प्रहरीले २२ घण्टा पछी शकुसल उद्दार गरेको हो ।

सुन्दरहरैचा ०९ बस्ने रिना वर्देवाको नाबालिका छोरी बेलबारी १० स्थित तारा दन दर्जीको घरबाट शनिबार हराएकी थिईन । सोही दिन दर्जीको घरमा कोही नभएको अवस्थामा दिउसो २:३० बजे तिर कानेपोखरी ०७ बस्ने वर्ष २७ को लिले दर्जीले अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोजतलास गर्ने क्रममा रतुवामाई १० स्थित सोमबारए चौकमा उक्त बालिकालाई लुकाएर राखिएको अवस्थामा प्रहरीले बालिकाको उद्दार गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीले उक्त बालिकालाई निज बालिकाको आमालाई जिम्मा लगाएको छ भने अपहरणकारी लिले दर्जीलाई पक्राउ गरी अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर