Aamsanchar

बिर्तामोड खानेपानी उपभोक्ताको रोजाईमा को को पर्लान ? (चुनाव विशेष)

Author Image
बुधवार, मंसिर २५, २०७६

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संस्थामा आमूल परिवर्तनको आस्वसन सहितको एजेण्डा लिएर चुनावी प्रतिष्पर्दामा खडा भएका छन बिर्तामोडमा दुई चिरपरिचित व्यक्तित्वको टिम ।
खानेपानीको चुनावलाई स्थानिय निर्वाचन जतिकै महत्व दिएका छन राजनितीक दलका नेता तथा कार्यकर्ताहरुले तर उपभोक्तालाई भने खासै चुनावी रन्कोले छोएको छैन । उपभोक्ताको नजरमा दुबैजना नेतृत्वकर्ता उम्मेदबार उतिक्कै योग्य र सक्षम सामाजिक रुपमा भई सकेका कारणले पनि होला । उपभोक्ता दुईचार जना बाहेक मौन नै बसेका छन, आज हुने तिनै भद्र र समाजदार उपभोक्ताले खानेपानीको लागि योग्य नेतृत्व र अरु कार्य समिति पदाधिकारीलाई मतदान द्वारा छान्ने छन ।

चुनावमा उठाईएका एजेण्डा केकती पुरा हुन्छ भन्ने बिचार जनताले गर्दे आएका छन यस अघिका अन्य क्षेत्रको चुनावलाई हेरिरहेका छन। तर पनि उच्च आशा राखेर एजेण्डा पढन बाध्य हुनुपर्छ उपभोक्तले यो बाध्यता हो र चुनावी प्रचार प्रसारको संस्कारनै बनेको कुरा पनि हो ।

चुनाव अघि राम्रा विकासमुखी कुरा गर्ने चुनाव सकिएपछि कसैको पनि ध्यान र खबरदारी नहुदा नेतृत्व अल्छी र सुविधाभोगी बन्दै जाने संस्कारले गर्दा धेरै संघसंस्थाको आवस्था चुनावी एजेण्डा सम्म पुग्न सकेको छैन । र पुर्याने काम पनि भएको हुदैन एकै व्यक्ति विभिन्न संस्थामा पद ओगटेर बस्ने अनि समय समायोजन गर्न नसकेर संस्थाका काम कर्तव्य र नितिहरु ओझेल पर्ने समस्याले उपभोक्ता दिक्दारीमा पर्ने गरेका छन ।

विगतका दिनमा समाजको अगुवाले जे भन्यो त्यही मान्ने चलन र बाध्यताको अन्त्य भएको छ । सबै नागरिक साक्षर भएका छन आत्मनिर्णयको अधिकार प्रयोग गर्न सक्ने भएका छन । यस पटक बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्य समितिमा कुनै दल, गुठ, प्यानल भन्दा योग्य व्यक्तीहरुको उपस्थितीले संस्थाको उन्नतीमा सहयोग पुग्न सक्छ भनेर उपभोक्ता सचेत हुन जरुरी हुन्छ । 

अव बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति पदाधिकारी बनेर सेवा गर्न आतुर बनेका उम्मेदवारको परिचय ।

लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार जलकुमार गुरुङ उनि बिर्तामोड निवासी हुन झापा ११ फुटवल क्लवका अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध पनि छन ।
गुरुङको समूहमा उम्मेदवारी दिनेहरु । पर्शुराम सिटौला उपाध्यक्ष, मेघराज बास्तोला सचिव, सारदा रिजाल कोषाध्यक्ष, देवेन्द्र सिटौला पुरुष सदस्य, पारस मैनाली पुरुष सदस्य, माया प्रधान खड्गी महिला सदस्य, वाला खरेल महिला सदस्य, सीता भट्टराई काफ्ले महिला सदस्य रहेका छन ।

प्रगतिशिल समूहबाट अध्यक्ष पदका उम्मेदवार ज्ञानुराम प्रसाईं उनि बिर्तामोड निवासी हुन भने नेकपा बिर्तामोड नगर अध्यक्ष, देविमावी व्यवस्थापन समिति अध्यक्ष भएर काम गर्दै आएका छन भने अरु विभिन्न संघसंस्थामा आवद्ध छन ।
प्रसाईंको समूहमा उम्मेदवारी दिनेहरु बुद्धीप्रसाद घिमिरे उपाध्यक्ष, जनबहादुर जवेगु(जेवी) सचिव, कमलप्रसाद पौडेल कोषाध्यष, शंकरराज ढुङगेल सदस्य, श्रीप्रसाद सिटौला सदस्य, हिमा प्रसाई महिला सदस्य, सीता सापकोटा पौड्ल (सन्ध्या) महिला सदस्य, विनीताकुमारी राजवंशी महिला सदस्य रहेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर