Aamsanchar

भद्रपुरमा चासोक तङ्नाम महोत्सवको तयारी

Author Image
बुधवार, मंसिर २५, २०७६

भद्रपुर ।

किरात समुदायले मनाउने विशेष उधौली पर्वको उपलक्ष्यमा भद्रपुरमा दोस्रो चासोक तङ्नाम सांस्कृतिक महोत्सव हुने भएको छ ।

आगमी मंसीर २६ गतेदेखि पुस २ गतेसम्म भद्रपुर–३ स्थित ज्ञाने चोकमा महोत्सव हुन लागेको हो । किरात तथा लिम्बू समुदायले प्रत्येक वर्ष मंसीरे पूर्णिमाका दिन भूमि पूजा गर्दै वर्षभरि फलेको अन्नबाली चढाएर मनाइने यो पर्वलाई गत वर्षदेखि आफ्नो भाषा, धर्म तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चासोक तङ्नाम सांस्कृतिक महोत्सवको आयोजना गर्दै आइरहेको भद्रपुर–३ स्थित श्रीजंगा स्पोर्टिङ्ग क्लबद्वारा गठित महोत्सव आयोजक समितिले पत्रकार गरी जानकारी गराइएको हो ।

आदिवासी जनजाति लिम्बू समुदायको विशेष पर्वको रूपमा मनाइने चासोक तङ्नामको अवसरमा आयोजित महोत्सवमा रुखमा फुल्ने झ्याउ (सिलाम) साङना विभिन्न लिम्बू भेषभुषाका स्टलहरू राखिने समितिका अध्यक्ष सुवास लिम्बूले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरू ताराप्रकाश लिम्बू, सिताकुमारी सिंह, सुमन कुरुङ्वान, समीर घिसिङ (भिटेन) बाल कलाकार माङगेन लिम्बू, लेखनाथ लिम्बू, मनिष लिम्बू, लीला राई तृष्णा गुरुङ तथा स्थानीय कलाकारहरूले दैनिकरूपमा विशेष सांगीतिक कार्यक्रम रहने जनाएको छ ।

त्यस्तै महोत्सवका सांस्कृतिक समितिका संयोजक संगीत आङ्थेवाले महोत्सवमा आउनेहरूका लागि दैनिक हाउजी खेल सञ्चालन गर्नुका साथै रोटे पिङ, ड्राईगन ट्रेन, डुङ्गा, मौतका कुवा लगायत विविध मनोरञ्जनात्मक खेल तमासाहरू रहने बताए ।

महोत्सवमा सम्पन्न गर्न अनुमानित १५ लाखभन्दा बढी खर्च हुने र महोत्सवमा भद्रपुर नगरपालिकाले ६० हजार, वडा नम्बर ३ र ४ ले २०÷२० हजार सहयोग गर्न जनाएको छ । साथै विभिन्न प्रायोजक संस्था, व्यापारी, संघ–संस्था, टिकट बिक्री, स्टल बिक्रीबाट रकम संकलन गरिने महोत्सव समितिका कोषाध्यक्ष जैन मगरले बताए ।

समितिका अध्यक्ष सुवास लिम्बूको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव अर्जुन लोवाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर