लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार समुदाय–प्रहरी साझेदारीसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाले प्रभात फेरि सम्पन्न भएको छ ।
जनप्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगरपालिकाभित्र रहेका संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागितामा भएको ¥यालीले विभिन्न स्थानको परिक्रमा गरेको थियो । सहभागीले समतामूलक समाजको निर्माण गरौं लैङ्गिक हिंसा अन्त्य गरौं, घर शान्ति नै विश्व शान्तिको आधार, पुर्ननिर्माण, शिक्षा र समान व्यवहार, मानव तस्करीको अन्त्य गरौं, हामी सबैको अभियान सभ्य समाजको निर्माण, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सफल पारौं भन्ने नारा उल्लेखित प्लेकार्ड बोकेका थिए ।
¥याली पश्चात् स्थानीय देवकोटा पार्क परिसरमा आयोजित कोणसभामा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहनकुमार थापा, मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदी लगायतले लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा बोलेका थिए ।
सोही कार्यक्रममा मानव अधिकार समूह अर्जुनधाराले अभियानको सन्दर्भमा १६ दिनसम्म विभिन्न व्यक्तिहरुले गरेको हस्ताक्षरसहितको ब्यानर नगरपालिकालाई बुझाएका थिए । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत नगर उपप्रमुख कमला आचार्यले र कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य हरिमाया दाहालले गरेकी थिइन् ।
यसैबीच महिला अधिकारका क्षेत्रमा क्रियाशील तथा समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने मेचीनगरका २४ जनाभन्दा बढी महिलालाई सम्मान गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुने महिलालाई नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए ।
‘समानताको पुस्ताः बलात्कारविरुद्घको एैक्यवद्घता’ भन्ने मूल नारासहित भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले अब हरेकले आ–आफ्नो घरबाटै बालश्रमदेखि घरेलु हिंसा अनि लैगिक हिंसा अन्त्यका लागि लाग्नुपर्नेमा जोड दिए । उनले हरेक महिलाको सम्मानका लागि स्थानीय सरकार सकरात्मक रहेको भन्दैं नगरभित्र हुने छुवाछुतको विभेद होस् वा अन्य जुनसुकै विभेद सबैको समाप्तिका लागि नगरपालिका अघि बढाएको बताए । हरेक वर्ष यस्ता रचनात्मक कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिने प्रमुख आचार्यले प्रतिबद्घता व्यक्त गरेका थिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले हाम्रा समाजमा कुनै न कुनै कारण लैङ्गिक हिंसा हुन गरेका घटना प्रश्स्त रहेकाले यसकाविरुद्घ सवै एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको औल्याइन् । उनले नेपाली महिला कहिले बोक्सीको आरोप, दाइजो नल्याएको, बहुविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाबाट पीडित बन्ने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गदैं नाबालिकाहरु आफ्नै संरक्षकदेखि असुरक्षित रहेको तथा छाउपडी, बालविवाह, कुमारी, झूमा, देउकी आदि सांस्कृतिक प्रथाबाट समेत हरेक नारीहरु प्रताडित रहेको प्रष्ट पारिन् । जस्तोसुकै हिंसा आम मानव समुदायका लागि सहज नहुने उपप्रमुख उप्रेतीको भनाई थियो ।
कार्यपालिका सदस्य निरु परियारले सञ्चालन तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले स्वागत गरेको कार्यक्रममा सम्मानितका तर्फबाट लता प्रसाई, सुन्दरी श्रेष्ठ, राधा प्रधान कार्की, वडा नम्बर– १ का वडाध्यक्ष पासाङ्ग तामाङ लगायतले बोलेका थिए ।
लैङ्गिक हिंसाविरुद्घको १६ दिने अभियान हरेक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म यो अभियान सञ्चालन हुँदै आएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तीन दिदी–बहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसँग यो अभियान जोडिएको छ ।