Aamsanchar

पिकनिक जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

Author Image
शुक्रवार, मंसिर २७, २०७६


मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भिर र २० जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो । उनका अनुसार २० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर