Aamsanchar

पाँचथरको फाल्गुनन्दमा आगलागी

Author Image
शनिवार, मंसिर २८, २०७६

तस्वीर : आगन एफएफको अनलाईनबाट


पाँचथर । कतै पानी र हिउँका कारण जनजीवन कष्टकर बनिरहेको वेला पाँचथरमा एक परिवार घरबार बिहिन बन्न पुगेका छन ।  पाँचथरको फाल्गुनन्द गाँउपालिका– ३ गुम्बाडाँडामा आगलागिहुँदा एक घर जलेर नस्ट भएको छ । आगलागिबाट धन बहादुर तामाङको काठले बनेको चार तले घर जलेको पाँचथरका प्रहरी नायब उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन ।

शुक्रबार दिउँसो ४ः२० बजेदेखि घरमा आगलागि सुरु भएको बताइएको छ । छिमेकी डिल्लि प्रसाद परियारको कटेरोबाट सुरु भएको आगोले तामाङको घर जलेर जलेको प्रहरीको भनाइ छ । स्थानीय सहित प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगो नियन्त्रणका लागि फिदिम नगरपालिकाको दम्कल घटनास्थल पुग्दा घर पूर्ण रुपमा जलेर खरानी भईसकेको स्थानीय बासीहरु बताएका छन । आगलागिबाट के कति क्षति भयो भनि एकिन बिवरण आउन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर