Aamsanchar

बहिनीसँग आपत्तिजनक अवस्थामा भेटेपछि साथीको हत्या

Author Image
शनिवार, मंसिर २८, २०७६

बिश्वास र भरोसाले अडिएको हुन्छ हाम्रो समाज, आफूले विश्वास गरेको व्यक्तिबाट बिश्वास घात भएपछि पिंडामा परेको व्यक्तिको लागिे आफन्त र साथीभाई महान सत्रु बन्ने र ठान्ने गरेकाले ठुला ठुला घटनाहरु विश्वमै घटने गरेको समाचार सुन्न पर्न बाध्य बन्ने गरेका छौं हामि । नियत खराब र विश्वासमा घात भएपछि नेपालमा फेरी एक घटना घटेको छ । 

भरतपुर महानगरपालिका–२७ घर भएका कालीराम महतो १०र१५ जना कामदारहरु राखेर गाउँघरमा घर बनाउने ठेक्कापटाको काम गर्थे ।

कालीरामले छोरा अविनाश महतोलाई पनि सँगै काममा राख्थे । अविनाशसँग गाउँकै विनोद महतो, विजय महतो, दिपेन्द्र महतो र यमकुमार महतो पनि काम गर्थे । सबैले सबैलाई विश्वास पनि उत्तिकै गर्थे ।
उनीहरुले भरतपुर महानगरपालिका–२७ स्थित भंगाह चोकका सिखाराम महतोको घर ठेक्कामा लिएर बनाइरहेका थिए । घटना हो मंसिर १२ गतेको ।

घरधनी सिखारामले ढलानको काम सकिएको भन्दै ३ बजेतिर काम सकेर उनीहरुलाई कुखुरा काटेर भोज खुवाएका थिए । भोजमा रक्सी पनि थियो । हल्का रक्सी पिइसकेका अविनाश बेलुकी करिब ६ बजेतिर घर जान्छु भन्दै निस्के साथीहरुसँगै ।

नयाँ पटिहानी चोक पुगेपछि उनीहरुले फेरि रक्सी थप्न सुरु गरे । साथीहरु धन बहादुर महतो, सुकराम महतो र अविनाश गरी ४ जना नयाँ पटिहानी चोकको ग्रिन चिल्ली रेस्टुरेन्टमा बसेर २ वटा बियर र १ प्लेट सुकुटी खाए ।

खाइसकेर सुकराम र अविनाश पर्साढापस्थित घर जाने भन्दै हिँडे । चिसोका कारण डम्म हुस्सु लागिसकेको थियो ।

अलि पर पुगेपछि सुकरामले अविनाशलाई देखेनन् । पछाडि आउँदै होला, हुस्सुले नदेखिएको होला भन्ठाने । त्यति चासो गरेनन् । सरासर आफ्नो घर गए र खाना खाएर सुते । तर अविनाश भने पुरानो पटियानीतिर लागिसकेका थिए ।

साँझ करिब ७ः४२ बजे पटियानी पुगेका अविनाशले लगातार ४ पटक यमकुमारको बहिनीलाई फोन गरे । अन्तिममा यमकुमारको बहिनीको फोन उठ्यो ।

फोनको क्रममा ‘म हिजो तिमीलाई भेट्ने आशामा राती तिम्रै घरमा बसें । तर, तिमीसँग भेट भएन । आज म तिम्रै घर नजिकै छु जसरी नि भेट्न आउ’ भने ।

राति करिब ९ बजेतिर यमकुमारको बहिनी पिसाब फेर्ने बहानामा बाहिर निस्किइन् । अविनाशलाई घरको पछाडी उभिएका देखेर उनी सिधै त्यहाँ पुगिन् ।

अविनाशले उनलाई हातमा समातेर नजिकै पराल राखेको ठाउँमा लगे । लगत्तै शारीरिक सम्पर्क गर्न खोजे । खासखुस गरेको आवाज केटीको दाइ दीपेन्द्रले थाहा पाए ।

नयाँ बन्दै गरेको घर थियो । झ्याल थिएन । दीपेन्द्रले उनीहरुलाई देखे । दीपेन्द्र एक्कासी त्यहाँ पुगेर अविनाशलाई समातेर कुटपिट गर्न थाले ।

कुटपिट गरेको खबर गाउँभरी फैलियो । अनि यमकुमार, विनोद, विजय पनि पुगे र सबै मिलेर काठको चिर्पट लगायतले निर्घात कुटपिट गरे । कुटपिटकै क्रममा अविनाशको मृत्यु भयो ।

खाल्डो खनेर गाडेको अवस्थामा अविनाशको शव ।

घटना लुकाउने प्रयास
अविनाशको मृत्यु भएपछि उनीहरुले घटना लुकाउन आफ्नै घरमा रहेको पर्दाले बाँसको लाठीमा अविनाशको शवलाई बेरेर घर भन्दा झन्डै १ किलोमिटर पर दक्षिणमा रहेको सारंगा होटल नजिकको खोला किनारमा लगि राति नै खाल्डो खनेर पुरिदिए ।

खाल्डोमा शव गाडेर कसैले नदेखोस् भनेर उनीहरुले पुरेको माथिपट्टि हरियो बाँसको झिक्राले समेत छोप्न भ्याए ।

यसैबिच अविनाश र यमकुमारकी बहिनीको करिब ९र१० महिनाअघि नै घर बनाउने कामको सिलसिलामा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुबीच मोबाइलमा मात्र नभएर बेलाबेला म्यासेन्जरमा समेत कुराकानी हुने गरेको पाइएको छ ।घटना भएको दिन आफूहरुलाई त्यस्तो अवस्थामा देखेपछि दाजुहरुले अविनाशलाई कुटपिट गर्ने क्रममा अविनाशको मृत्यु भएको यमकुमारीकी बहिनीले प्रहरीसमक्ष बयान दिएकी छन् ।

उनकै बयानको आधारमा थप ४ जनालाई पक्राउ गरिएको हो ।

अविनाशको हत्यामा संलग्न चारै जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर