Aamsanchar

नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग ४१ महिनाभित्र

Author Image
आइतवार, मंसिर २९, २०७६

प्रतिकात्मक तस्वीर

अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ ।

काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पेरिसन कम्पनीले गत नोभेम्बर १४ ९कात्तिक १८० देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर