बिर्तामोड, २९ मंसीर । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा प्रदेश स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म ‘तमू ल्होसार गोल्डकप–२०७६’ हुन लागेको हो । क्लबले आज डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा प्रदेश १ का आठ वटा टीमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
क्लबका अध्यक्ष डीके गुरुङले झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक-एक टिमले सहभागिता जनाउने बताए ।
प्रतियोगितामा विजयी टिमले रू १ लाख १ हजार १११ र द्वितीयले रू ५१ हजार १११ प्राप्त गर्ने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले रू ३ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले रू ५ हजार पाउने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 118