केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार) देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।
यो पनि : नेपाल प्रवेश गर्यो शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह
पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराएको थियो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 104