Aamsanchar

अर्जुनधारामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्तरक्रिया

Author Image
सोमवार, मंसिर ३०, २०७६

अर्जुनधारा ।  मानव अधिकार समुहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्र्त्क्रिया सम्पन्न भएको छ ।

वडा नं. ७ को कार्यालयमा सोमवार शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा सेवा प्रदायक र सेवाग्राही विच अन्तक्रिया गरिएको हो ।
मानव अधिकार समुह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकास अर्जुनधारा इन्सेक इन्चार्ज राजन साम्पाङले पारेका थिए । कार्यक्रममा इन्सेक झापा इन्चार्ज नरेश खातीले कार्यक्रमको उदेश्यका विषयमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर