Aamsanchar

आज धनु संक्रान्ति

Author Image
मङ्गलवार, पौष १, २०७६

जाडो, गर्मी, चिसो तातो, बर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिती र पृथ्वीको घुमाईमा भर पर्दछ, वैदिक सनातन हिन्दू महिना आजबाट नवौ महिना पौषमा लाग्दैछ र सूर्य आजबाट धनु राशीमा प्रवेश गर्दैछ । दिनहरु अब बिस्तारै छोटा छोटा हुँदैछन् भने रातहरु लामा लामा हुँदैछन् । एउटा भनार्इ छ नी पुष फासफुस अर्थात छिट्टै बित्ने छोटा दिनहरुका रुपमा लिईन्छ । अब यो महीना मकर संक्रान्तिमा जोडिन्छ र यो पावन संक्रान्तिमा विभिन्न तिर्थहरुमा गएर र विशेषतः नदि किनारमा डुबुल्की मार्दै पापमोचन र पूण्य प्राप्तीगर्ने चलन छ । यसरी गरिने स्नानलाई संक्रमण स्नान भनिन्छ ।
तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भईसक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरु सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरु प्रसस्तै देखिन्छ, चिसो पेय पदार्थहरुको विक्रिवट्टा घटेर गएको छ र टीभी रेडियोहरुमा यस्ता कुराका विज्ञापनमा कमी आएको छ । यस्ता रसायनीक तथा अप्राकृतिक स्वादका पेय पदार्थ स्वास्थ्यकालागि हानिकारक छन् । त्यस्तै छाला फुट्ने, शरिरका पुराना छालाका पत्रहरू झरेर नयाँ छाला आउने समय भएकाले विभिन्न छाला सुरक्षा सम्बन्धि विभिन्न क्रिम अनि हिँउदमा चाहिने अन्य विभिन्न कुराहरुका बारेमा विज्ञापन आउन थालेको छ ।

अनि हिँउदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता संक्रमण हुने संभावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ ।

आजका सक्रान्ति तिर्थाटनकालागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनुयात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरु चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरु चढाउने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर