Aamsanchar

स्थानीय महिलाहरू सामूहिक खेतीमा बेलबारी अग्रसर

Author Image
मङ्गलवार, पौष १, २०७६


मोरङ बेलबारी २ का महिलाहरू परम्परागत पशुपालनलाई सुधार गर्दै अधुनिक र वैज्ञानिक ढङ्गले पशुपालनतर्फ लागेका छन् । स्थानीय महिलाहरू सामूहिक बाख्रा पालनका लागि समूह नै गठन गरेर सक्रिय भएर लागेका छन् । महिला उद्यमी बाख्रा पालन समूह गठन गरेर जग्गा लिजमा लिएर सामूहिक अभ्यास गरिरहेका छन् ।

“आफै खटेर खोर बनाई सकेका छाँै, मञ्जु रिजालले बताइन् । सातजना समूह बनाएर प्रति व्यक्ति ५० हजारका दरले रकमसमेत सङ्कलन गरेका छांै” समूहकी एक सदस्य मञ्जु रिजालले बताइन् । उनका अनुसार उक्त महिला समूहले ५० वटा बाख्राका माउ पाठा पाल्ने गरी खोर निर्माण गरिसकेको छ । वडाले सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने भएपछि बाख्रा पाल्नका लागि सक्रिय भएर लागि परेको रिजालले बताइन् । सुशीला श्रेष्ठ, गीतादेवी पाण्डे,मञ्जु रिजाल, शोभा अधिकारी, सिर्जना ओली गौतम, रञ्जु तामाङ र शोभा तामाङलगायतका महिलाहरूले वडा कार्यालयले सामूहिक खेती गर्ने किसानलाई सहयोग गर्न थालेपछि उनीहरू व्यावसायिक खेतीमा होमिएका छन् । उनीहरू मात्रै होइनन् वडाले ३ वटा समूहलाई बाख्रा ४ वटा समूहलाई बङ्गुर र एउटा समूहलाई तरकारी खेती गर्न प्रोत्साहन गरेको छ ।

प्रतिसमूह २ लाख रुपैयाँका दरले सहयोग गरिएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । कृषकहरूलाई प्रोत्साहन गर्न सहयोग गरिएको उनले बताए । सात जना भन्दा बढीको समूह बनाएर आएका कृषकहरूलाई प्रोत्साहन गरिएको समेत उनले बताए । बाख्रा पालन गर्ने समूहहरूले जग्गा लिजमा लिएर व्यावसायिक खेतीमा लागेका छन् वडा अध्यक्ष गौतमले भने । केहीले बाख्रा नै किनिसके केहिले खोर निर्माण गरिहरहेका छन् । नगरपालिकाले एक वडा एक उत्पादनमा जोड दिएपछि वडाहरू आ–आफ्ना वडामा उत्पादनका लागि प्रतिस्पर्धा गर्न थालेका छन् ।

बेलबारी १ र २ वडामा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बाख्रा पालनमा जोड दिएको छ भने ३ नम्बर वडाले कागती खेतीमा जोड दिएको छ । १५ सय परिवारलाई ३ हजार कागतीको बिरुवा वितरण गरेको छ । ४ नम्बर वडाले सुपारी जोनका रूपमा विकास गर्ने गरी काम गरिरहेको नगरपालिकाले जनाएको छ । १० हजार बिरुवा उत्पादन गर्ने गरी सुपारीको दल राखेको छ । वडा नम्बर ५ले आँपलाई जोड दिएको छ भने ७ ले दुग्घ उत्पादनका लागि जोड दिएको छ । त्यस्तै ९ नम्बर वडाले लिची जोन कार्यक्रमका लागि २ हजार बिरुवा कृषकलाई वितरण गरेको छ । कृषकलाई परम्परागत खेती भन्दा आधुनिक खेतीका लागि प्रोत्साहन गर्ने काम गरिरहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर