Aamsanchar

गल्तीपूर्वक विवाहको हिराको औंठी फ्याँके पछि, ३० टन फोहोरमा खोजी

Author Image
मङ्गलवार, पौष १, २०७६


अष्ट्रेलियाका एक जोडीले जब आफ्नो विवाह र इन्गेजमेन्टको औंठी हराएको थाहा पाए तब उनीहरुको सात्तो गयो । ‘नाम सार्वजनिक नगरिएको यो जोडीले मेलबर्नस्थित मालबेर्नमा रहेको आफ्नो घर पुनर्निर्माण गरिरहेका थिए,’ स्टोनिङ्गटोन सिटी काउन्सिलका प्रवक्ता जिम कार्डेनले बताए ।

‘उनीहरुले घरबाट निस्केको फोहोरलाई शनिबार स्टोनिङ्गटोनको फोहोर संकलन केन्द्रमा फ्याँकेर घर फर्किए । घर फर्किएपछि उनीहरुलाई थाहा भयो कि उनीहरुले गल्तीपूर्वक गहनाको सानो बक्स पनि फ्याँके जसमा उनीहरुको निकै सुन्दर इन्गेजमेन्ट र विवाहका औंठी थिए,’ कार्डेनले भने ।

उनीहरुले हतारमा फोहोर संकलन केन्द्रमा फोन गरे तर केन्द्र बन्द हुन लागेको जानकारीसहित अर्को दिन बिहानै आउन आग्रह गरियो ।

‘रातभरी नसुतिकनै उनीहरु घटनाको भोलिपल्ट बिहान ४ बजे केन्द्र पुगे,’ कार्डेनले भने, ‘उनीहरुले ट्रकभरीको फोहोरमा आफ्नो औंठी खोज्ने योजना बनाइसकेका थिए ।’

३० टन फोहोर भएको उक्त ट्रक खोलियो । सबै फोहोर एकएक गरेर हेरेपछि उनीहरुले अन्ततः आफ्नो गुलाबी फोहोर ब्यागमा जुलरी बक्स र औंठी भेटे ।

कार्डेनले उक्त औंठी भेटिनुलाई ‘एक प्रकारको क्रिसमस म्याजिक’ बताएका छन् र केन्द्रका कर्मचारीलाई जोडीलाई अत्यधिक सहयोग गरेको भन्दै निकै तारिफ पनि गरेका छन् ।

‘हामीले हाम्रो केही यादहरुलाई बचाउन सकेकोमा निकै खुसी छौं र हामीलाई राम्रोसँग थाहा छ कि यी औंठी हाम्रोलागि भावनात्मक र आर्थिक रुपमा निकै महत्वपूर्ण छ,’ यसलाई काल्पनिक परिणामको संज्ञा दिँदै बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर